बिहीबार, भदौ ४, २०८३

प्रदेश २ मा कोरोना परीक्षण सुस्त

प्रदेश २ मा कोरोना परीक्षण सुस्त गतिमा भएको पाइएको छ।
 |  बुधबार, चैत २६, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत २६, २०७६

जनकपुरधाम– प्रदेश २ मा कोरोना भाइरस रोग (कोभिड–१९) को संक्रमण परीक्षण सुस्त गतिमा भएको पाइएको छ।

यहाँको एक मात्र कोरोना भाइरस परीक्षण हुने स्थान प्रादेशिक अस्पताल, जनकपुरले पीसीआर मेसिनको क्षमताअनुसार नमूना परीक्षण गर्न सकेको छैन।

अस्पतालमा ६१ कोरोनाका शंकास्पदको नमूना संकलन गरिएकोमा ३८ जनाको मात्रै रिपोर्ट आएको छ। अहिलेसम्म कोरोनाको नमूना संकलन भएकोमध्ये २३ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रदेश २ स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य अधिकृत विजय झाले जानकारी दिए। 

अस्पतालले बुधबार नमुना परीक्षण गरेको चार जनाको रिपोर्ट आइसकेको छ। बुधबार नमूना परीक्षण गरिएको सबै नमुनाको रिपोर्ट नेगेटिभ देखिएको निर्देशनालयले जनाएको छ। 

चिकित्सकका अनुसार पीसीआर मेसिनबाट कोरोनाको नमुना परीक्षण गर्दा रिपोर्ट आउन साढे आठदेखि नाै‌ घन्टासम्म लाग्छ।

प्रादेशिक अस्पतालका एक ल्याब प्राविधिकले प्राविधिक समस्याले रिपोर्ट आउन ढिलाई भएको बताउँछन्।

प्रदेश २ मा अहिले क्वारेन्टाइनमा ९ सय ९, आइसोलेसनमा २१, होमक्वारेन्टाइनमा १ हजार १८४ जना रहेका छन्।

प्रकाशित: Apr 08, 2020| 18:03 बुधबार, चैत २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।