बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विज्ञ भन्छन्, सुदूरपश्चिमका क्वारेन्टाइन असुरक्षित

विज्ञ भन्छन्, सुदूरपश्चिमका क्वारेन्टाइन असुरक्षित

विज्ञहरुले सुदूरपश्चिमका क्वारेन्टाइन व्यवस्थित र सुरक्षित नभएको बताएका छन्। 
 |  बुधबार, चैत २६, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत २६, २०७६

काठमाडौं- विज्ञहरुले सुदूरपश्चिमका क्वारेन्टाइन व्यवस्थित र सुरक्षित नभएको बताएका छन्। सरकारले विदेशबाट फर्किएका नेपालीलाई प्रभावकारी रुपमा क्वारेन्टाइनमा राखिएको बताउँदै आएको छ।

र्यापिड टेस्ट किटको भ्यालिडेसन गर्ने टोलीसँगै स्वाब कलेक्सन गर्न खटिएका स्वास्थ्यकर्मीले स्थिति सन्तोषजनक नभएको बताएका हुन्।
‘सुदूरपश्चिमका दुई वटा क्वारेन्टाइन अवलोकन गर्दा सन्तोषजनक देखिएन,’ मेडिकल माइक्रोबायोलोजिस्ट अनिल शाहले भने, ‘स्कुल, कलेजमा बनाइएको क्वारेन्टाइनमा मानिस भीडभाड गरेर बसेका छन्। बीसदेखि साठीजनासम्म एकै ठाउँमा बसेको पाइयो।’

टोलीले कैलालीका ६ ठाउँमा अवलोकन गरेको थियो। शाहले क्वारेन्टाइनमा बस्नेहरुले कुराकानी गर्दा दूरीको सीमा पालना नगरेको र मास्क वा अन्य प्रतिरक्षात्मक उपाय नअपनाएको बताए।

‘मान्छेमा कोरोनाबाट कसरी बच्ने भन्ने सचेतना नै देखिएन,’ शाहले भने, ‘एक जनालाई मात्र संक्रमण भएको रहेछ भने पनि त्यसरी बस्ने सबैमा फैलिन्छ।’

क्वारेन्टाइनमा स्वास्थ्य कर्मचारीको उपस्थिति पनि प्रभावकारी नदेखिएको उनले बताए। ‘सुरक्षाका दृष्टिले होला, क्वारेन्टाइनमा प्रहरीको कडा निगरानी छ,’ उनले भने, ‘तर स्वास्थ्यकर्मी २४ घण्टा उपस्थि हुनुपर्नेमा त्यो छैन। सुरक्षाकर्मीलाई पनि संक्रमण हुने जोखिम छ।’
यस्तो अवस्थाले महामारी ल्याउन सक्ने बताउँदै उनले तत्काल सुधारको पहल हुनुपर्ने बताए।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले सुदूरपश्चिममा कोरोनाको जोखिम पहिल्यैदेखि बढी भएकाले तत्काल स्वास्थ्य सुरक्षा अपनाउन सुझाव दिए।

‘क्वारेन्टाइनमा राख्दा उच्च जोखिम र न्यून जोखिम छुट्याउनुपर्ने थियो,’ उनले भने, ‘त्यसो नगरी एकै ठाउँमा मान्छेको भीड गरिँदा संक्रमणको जोखिम त छँदै छ, अरु रोग पनि फैलिने डर भयो ।’

उनले दार्चुला, बैतडी, डलेलधुरा, कञ्चनपुर र कैलालीमा परीक्षण व्यापक बनाउनुपर्नेमा ढिलाइ भइरहेको बताए ।
‘अवैध नाकाबाट मान्छेहरु गाउँगाउँ पुगिसकेको अवस्था छ। त्यसैले परीक्षणको दायरा बढाउनुपर्ने देखिन्छ,’ उनले भने, ‘अरिगांलको गोलोमा ढुंगा हान्दाजस्तो खतरा फैलिसकेको छ। सरकारले किन ढिला गरिरहेको छ बुझ्न सकिएको छैन।’

प्रकाशित: Apr 08, 2020| 17:54 बुधबार, चैत २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।