शनिबार, कात्तिक २९, २०८२

दिवेश अमेरिकन आइडलको उत्कृष्ट २० मा

नेपालका दिवेश पोखरेल अमेरिकाको चर्चित गायन रियालिटी सो अमेरिकन आइडलको उत्कृष्ट २० मा परेका छन्।
 |  सोमबार, चैत २४, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत २४, २०७६

काठमाडौं– नेपालका दिवेश पोखरेल अमेरिकाको चर्चित गायन रियालिटी सो अमेरिकन आइडलको उत्कृष्ट २० मा परेका छन्।

National life

आइतबार प्रसारण भएको शृंखलाबाट उनले उत्कृष्ट २० मा स्थान बनाएका हुन्। उनले ‘बब मार्ली इज दिस लभ’ बोलको गीतले निर्णायक मण्डलको मन जित्न सफल भएका हुन्।

उनको प्रस्तुति हेर्न परिवार पनि उपस्थित थियो।

‘अर्थर गन’को उपमा पाएका पोखरेलले हरेक प्रस्तुतिमा जजबाट प्रशंसा तथा ‘स्ट्यान्डिङ अवेसन’ पाइरहेका छन्। निर्णायकले उत्कृष्ट २० छान्न आफूहरूलाई सकस परे पनि दिवेशका लागि भने सोच्न नपरेको बताएका छन्।

दिवेशले उत्कृष्ट २० मा परेपछि आफू निकै खुसी भएको प्रतिक्रिया दिएका छन्। उनले सामाजिक सञ्जालमा स्टाट्स राख्दै खुसी व्यक्त गरेको जनाएका छन्। उनले आफूलाई उत्कृष्ट २० मा छानेको निर्णायक मण्डल तथा प्रशंसकलाई धन्यवाद दिएका छन्।

Laxmi sunrise bank
kumari

काठमाडौंमा जन्मिएका दिवेश पाँच वर्षअघि अमेरिका गएका हुन्। उनी हाल अमेरिकाको क्यान्सस राज्यको विचिटामा बसोबास गर्दै आइरहेका छन्।  दिवेशले ‘अर्थर गन’ को उपनामबाट गाउँदै आएको बताएका छन् ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिएपछि अहिले अमेरिकन आइडल कार्यक्रमको निर्माण रोकिएको छ। -एजेन्सी

प्रकाशित: Apr 06, 2020| 17:04 सोमबार, चैत २४, २०७६
प्रतिक्रिया दिनुहोस्