बिहीबार, भदौ ४, २०८३

अत्यधिक रक्तश्रावले गर्भवतीको मृत्यु

अर्घाखाँचीमा एक गर्भवती महिलाको अत्यधिक रक्तश्रावले ज्यान गएको छ। सन्धिखर्क नगरपालिका-९ पाथ्रावाङ्गकी २९ वर्षीया देवी विकको अत्यधिक रक्तश्राव हुँदा आइतबार राति मृत्यु भएको हो।
 |  सोमबार, चैत २४, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत २४, २०७६

अर्घाखाँची- अर्घाखाँचीमा एक गर्भवती महिलाको अत्यधिक रक्तश्रावले ज्यान गएको छ। सन्धिखर्क नगरपालिका-९ पाथ्रावाङ्गकी २९ वर्षीया देवी विकको अत्यधिक रक्तश्राव हुँदा आइतबार राति मृत्यु भएको हो।

अचानक रक्तश्राव भएपछि उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लैजाँदै गर्दा बाटोमा मृत्यु भएको स्थानीय वसन्तकुमार विकले जानकारी दिए। उनका तीन छोरी छन्। पति रोजगारीका शिलशिलामा भारतमा छन्।

स्काइभेटर चालकसहित ७ को मृत्यु

यस्तै विभिन्न घट्नामा ७ जनाको ज्यान गएको छ। चार जनाको बेवारिसे शव भेटिएको छ भने २ जनाको डुबेर ज्यान गएको छ। एक जनाको दुर्घटनामा ज्यान गएको छ।

प्रहरीका अनुसार ताप्लेजुङमा स्काभेटर दुर्घटनामा चालकको ज्यान गएको छ। फक्तालुङ गाउँपालिका–६ फेदीखोलास्थित दोभान–ओलाङचुङगोलामा निर्माणाधिन सडकमा स्काइभेटर दुर्घटना हुँदा चालक चितवन ईच्छा मनकामना गाउँपालिका–३ सौराहका २७ वर्षीय चित्र कुमार गुरुङको ज्यान गएको हो।

नुवाकोट, दोलखा, चितवन, पर्वतमा एक/एक जनाको शव भेटिएको छ। नुवाकोटको किस्पाङ गाउँपालिका–४ स्थित ग्याल्गअप मिईके जंगलमा अन्दाजी ४०–४५ वर्षीय पुरुषको शव भेटिएको छ।

मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएकोछ । यस्तै दोलखाको तामाकोशी गाउँपालिका–१ माझीगाँउका ३५ वर्षीय राजकुमार माझीको शव ढोली खोलामा आइतबार राति फेला परेको छ।

यस्तै चितवनको खैरहनी नगरपालिका–९ खुरखुरेस्थित नेपाल ग्याँस प्रालिमा कार्यरत ४५ वर्षीय सखिचन महरा मृत अवस्थामा फेला परेका छन्। बारा फेटा गाउँपालिका–४ का महरा ग्याँस कम्पनिको कम्पाउण्ड भित्र कच्ची घरमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

यस्तै पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गास्थित कालीगण्डकी नदीको किनारमा म्यागदीको बेनी नगरपालिका–७ का ४४ वर्षीय रत्न बहादुर शेरचन शव भेटिएको छ। शेरचन म्याग्दी मंगला गाउँपालिका–३ बरंजा बस्दै आएका थिए।

झापाको मेचीनगर नगरपालिका–११ मिलडाँडाका ५६ वर्षीया तारादेवी कुमालको पानीमा डुबेर मृत्यु भएको छ। छिमेकीको मान बहादुर तामाङको घर आँगनमा पानी जमाउन बनाएको रिङमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै सर्लाहीको हरिपुर नगरपलिका–१ मलहनिया सामुदायिक वनमा खाल्डोमा जमेको पानीमा डुबेर भोम बहादुर रिखामको छोरा ७ वर्षीय धन बहादुर रिखामको मृत्यु भएको छ।

प्रकाशित: Apr 06, 2020| 14:01 सोमबार, चैत २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।