शनिबार, असार ७, २०८२

आमरण अनसनका क्रममा टर्किस गायिकाको निधन

टर्कीको एउटा लोकप्रिय लोक सांगीतिक समूहकी गायिकाको भोक हड्ताल (आमरण अनसन) का क्रममा निधन भएको छ।
 |  शनिबार, चैत २२, २०७६
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, चैत २२, २०७६

vianetvianet

टर्की- टर्कीको एउटा लोकप्रिय लोक सांगीतिक समूहकी गायिकाको भोक हड्ताल (आमरण अनसन) का क्रममा निधन भएको छ।

आफ्नो समूह र त्यसमा आबद्ध कलाकारहरुविरुद्ध सरकारले प्रतिबन्ध लगाएपछि २८ वर्षीया गायिका हेलन बोलेकले घरमै भोक हड्ताल सुरु गरेकी थिइन्।

उनको भोक हड्ताल सुरु गरेको २८८ औँ दिनमा स्तानबुलमा मृत्यु भएको हो।

सरकारले प्रतिबन्ध लगाईदिएपछि ‘योरुम समूह’ की सदस्य बोलेकले भोक हड्ताल सुरु गरेकी थिईन्।

योरुम सांगीतिक समूहले पुराना भाकाहरुको संकलन गर्ने र प्रदर्शन गर्ने गरेको थियो। सन् २०१६ मा टर्कीमा एक प्रस्तुतिपछि समूहका केही सदस्यलाई जेल हालिएको थियो।

यो सांगीतिक समूहलाई त्यहाँको सरकारले टर्कीको प्रतिबन्धित क्रान्तिकारी पिपुल्स लिब्रेसन पार्टी फ्रन्ट वा डीएचेपीसँग सम्बन्धित रहेको भन्दै प्रतिबन्ध लगाएको थियो।

उक्त पार्टीलाई टर्की, अमेरिका तथा युरोपियन युनियनले आतंककारी घोषणा गरेका छन्।

बोलेक र उनका एक सहयात्री इब्राहिम गोकचेकले आफ्नो समूहमाथि लगाइएको प्रतिबन्ध हटाउन माग गर्दै जेलमै भोक हड्ताल सुरु गरेका थिए।

त्यसपछि त्यहाँको सरकारले गत नोभेम्बरमा दुबै जनालाई रिहा गरेको थियो। तर समूहका अन्य दुई सदस्य अहिले पनि जेलमै छन्। जेलमा गोकचेककी श्रीमती र अर्का एक सदस्य रहेका छन्।

उनीहरुले आफ्नो सांगीतिक समूहका कार्यक्रमहरु गर्न पाउनुपर्ने, प्रतिबन्ध हटाउनु पर्ने र जेलमा रहेका साथीहरुको रिहा गरिनुपर्ने प्रमुख माग राखेका थिए।

बालेक र गोकचेकलाई त्यहाँको सरकारले गत मार्च ११ मा भोक हड्तालकै क्रममा जबरजस्ती अस्पताल भर्ना गरेको थियो। उनीहरुलाई उपचार गर्न नमानेपछि डिस्चार्ज गरिएको आंकाराको एक मानव अधिकारवादी समूहले जनाएको छ।

प्रकाशित: Apr 04, 2020| 16:54 शनिबार, चैत २२, २०७६
प्रतिक्रिया दिनुहोस्