पाँचथर- फिदिम नगरपालिका-५ का वडाध्यक्ष लिलानाथ तुम्बापोको मृत्यु भएको छ।
अचानक बिरामी भएका ३७ वर्षीय वडाध्यक्ष तुम्बापोको झापाको विएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
हिजो अचानक बिरामी भएका उनलाई झापामा ल्याई उपचार गराईरहेकोमा उनको शरीरमा सेतो रक्तकोषको कमी भएको कारण उपचारकै क्रममा शुक्रबार दिउँसो ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।