सोमबार, जेठ १८, २०८३

मोरङ कारागारका बन्दीको मृत्यु

मोरङ कारागारका बन्दी ६० वर्षीय भीमलाल सुब्बाको बिहीबार बिहान मृत्यु भएको छ।
 |  बिहीबार, भदौ २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २४, २०७८

विराटनगर– मोरङ कारागारका बन्दी ६० वर्षीय भीमलाल सुब्बाको बिहीबार बिहान मृत्यु भएको छ। मोरङको पथरीशनिश्चरे–१० घर भएका सुब्वाको मृत्यु भएको निमित्त जेलर रामप्रसाद पोखरेलले बताए। 

National life

सुब्बा गत असार ७ गतेदेखि कारागारमा बन्दी जीवन बिताइरहेका थिए। फैसला भएर अदालतबाट मुद्दाको किनारा लाग्न बाँकी नै रहेको अवस्थामा बन्दीको मृत्यु भएको पोखरेलको भनाइ छ। बुधबार राति १० बजेतिर एक्कासि श्वासप्रश्वासमा समस्या देखिएपछि सुब्बालाई उपचारका लागि कोसी हुँदै नोबेल अस्पताल पुर्याइएको थियो।


नोबेल शिक्षण अस्पतालमा विहीबार बिहान मृत्यु भएको पोखरेलले जानकारी दिए । मृतकमा उच्च रक्तचापको पुरानै समस्या रहेको बताइएको छ। परिवारका सदस्यले शव बुझेर अन्त्येष्टिका लागि लिएर गएका छन् ।

प्रकाशित: Sep 09, 2021| 15:55 बिहीबार, भदौ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।