बिहीबार, वैशाख ३१, २०८३

बन्दाबन्दीले समस्यामा परेका कलाकारलाई दोहोरी प्रतिष्ठानको राहत

प्रतिष्ठानले गीत–संगीतको पेशामा लागेका १२ कलाकारलाई खाद्यान्न लगायतका अत्यावश्यक सामग्री हस्तातरण गरेको हो।
 |  बिहीबार, चैत २०, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २०, २०७६

काठमाडौं– राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले बन्दाबन्दीको कारण समस्यामा परेका कलाकारहरूलाई राहत वितरण गरेको छ।

National life

प्रतिष्ठानले गीत–संगीतको पेशामा लागेका १२ कलाकारलाई खाद्यान्न लगायतका अत्यावश्यक सामग्री हस्तातरण गरेको हो।

बन्दाबन्दीले गर्दा अत्यावश्यक सामग्रीको अभाव झेलेको थाहा पाएपछि प्रतिष्ठानको टोली उनीहरूको घरमै पुगेर राहत वितरण गरेको महासचिव सुवास केसीले जानकारी दिए।

केसीले भने, “कलाकारहरूकै हकहितका लागि खुलेको संस्था भएकोले उहाँहरूलाई परेको बेला सहयोग गर्नु संस्थाको दायित्व हो।”

प्रतिष्ठानले गीत–संगीत पेशा÷व्यवसायमा आवद्ध जोकोही समस्यामा भए खबर गर्न आग्रह पनि गरेको छ।

 

प्रकाशित: Apr 02, 2020| 10:21 बिहीबार, चैत २०, २०७६
प्रतिक्रिया दिनुहोस्