बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सीमानामा अलपत्र नागरिकलाई आउन दिनुपर्ने रेखा थापाको माग

सीमानामा अलपत्र नागरिकलाई आउन दिनुपर्ने रेखा थापाको माग

“परेको बेला देशले सम्झेन भने अरू बेला राष्ट्रियताको भाषणले केही फरक पर्दैन।”
 |  बुधबार, चैत १९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १९, २०७६

काठमाडौं– नायिका रेखा थापाले संकटको बेला मातृभूमि सम्झेर आएका नागरिकलाई सीमामा रोक्न नहुने बताएकी छन्।

थापाले आफ्नो देश सम्झेर आएका नेपालीको उद्धार गरेर निगरानीमा राख्न सरकारसँग माग गरेकी हुन्।

उनले भनिन्, “मजदुरको अवस्थाप्रति सिंहदरबार बेखबर बनेर बस्न मिल्दैन।”

सीमामा आएर आफ्नै देशमा छिर्न पाउनुपर्छ भन्दै नारा लगाउँदा पनि सरकार चुपचाप बसेकोमा आक्रोश पोख्दै थापाले भनिन्, “देशमा रोजगार सिर्जना गर्न नसकेर विदेशीन बाध्य पार्ने पनि राजनीतिकर्मी नै हुन्।”

“परेको बेला देशले सम्झेन भने अरू बेला राष्ट्रियताको भाषणले केही फरक पर्दैन,” उनले भनिन्।

‘आएर क्वारेन्टाइन वा सरकारले जहाँ बसाल्यो त्यही बस्न तयार छौं’भन्दा पनि आउन नदिनु सरकारको गैरजिम्मेवारीपन भएको उनको भनाइ छ।

प्रकाशित: Apr 01, 2020| 21:46 बुधबार, चैत १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।