बिहीबार, वैशाख ३१, २०८३

जागरण गीत ‘परीक्षा छ आज’ सार्वजनिक

गीत गोल्डेन क्रियशनको यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
 |  मंगलबार, चैत १८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १८, २०७६

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९)को बारेमा सचेतना फैलाउन जागरण गीत ‘परीक्षा छ आज’ सार्वजनिक गरिएको छ।

National life

डा. नवि अधिकारी (टाकिन्द्र)को शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा राज सिग्देलले स्वर दिएका छन्।

देवेन्द्र नेवाः को संगीत संयोजन, महेश्वरमान राजभण्डारीको ध्वनी मुद्रन तथा मिश्रणमा तयार भएको गीतको सम्पादन वीरेन्द्र भाट विपिनले गरेका छन्।

गीत गोल्डेन क्रियशनको यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

संगीतकार श्रेष्ठले विश्व सङ्कटमा रहेको बेला सबै नागरिकको दायित्व हुने भएकोले आफ्नो टीमले जागरण गीत सार्वजनिक गरेको जानकारी दिए।

हेर्नुस् भिडियोः

प्रकाशित: Mar 31, 2020| 12:44 मंगलबार, चैत १८, २०७६
प्रतिक्रिया दिनुहोस्