मंगलबार, असार ३०, २०८३

खेलाडीको पुरस्कार कोरोनाविरुद्ध सहयोग

क्रिकेट खेलाडी संघ(सिप्यान) ले विभिन्न शिर्षकमा वर्षेनी वितरण गर्दै आएको पुरस्कार रकम यो वर्ष कोरोना भाइरस (कोभिड–१९) विरुद्धको अभियानमा सहयोग गर्ने बताएको छ। एक विज्ञप्ति जारी गर्दै सिप्यानले कोरोना महामारीबाट बच्न रकम सहयोग गर्न लागेको बताएको छ।
 |  सोमबार, चैत १७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १७, २०७६

काठमाडौं - क्रिकेट खेलाडी संघ(सिप्यान) ले विभिन्न शिर्षकमा वर्षेनी वितरण गर्दै आएको पुरस्कार रकम यो वर्ष कोरोना भाइरस (कोभिड–१९) विरुद्धको अभियानमा सहयोग गर्ने बताएको छ। एक विज्ञप्ति जारी गर्दै सिप्यानले कोरोना महामारीबाट बच्न रकम सहयोग गर्न लागेको बताएको छ।

क्रिकेटका उत्कृष्ट खेलाडीको अवार्डका लागि छुट्याइएको चार लाख ६३ हजार रुपैयाँ महामारी रोकथाममा लागाइने भएको हो। एनसीएसएस ग्रुपले प्रायोजन गरेको पुरस्कार प्रत्येक वर्ष उत्कृष्ट पाँच खेलाडीलाई दिने गरिएको छ। आयोजकका अनुसार वर्ष क्रिकेट खेलाडी (पुरुष, महिला) वर्ष उदयीमान खेलाडी, वर्ष उत्कृष्ट क्षण र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी पाँच विधामा पुरस्कार वितरणको गरिने गरिएको छ।

आयोजक सिप्यानले यो सहयोग संस्थाको तर्फबाट मात्र नभएर सम्पूर्ण खेलाडीको तर्फबाट भएको पनि बताएको छ। उसले कोरोना संक्रमणको समयमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीप्रति सम्मान व्यक्त गरेको छ।

सिप्यानका अध्यक्ष मनिषराज पाण्डे र महासचिव पारस खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी सम्पूर्ण क्रिकेट खेलाडीहरु पनि संकटको रुपमा देखा परेको कोभिड-१९ विरुद्धको राष्ट्रिय अभियानमा मुलुकलाई सहयोग गर्न प्रतिबद्ध छौं।’

अगाडि भनिएको छ, ‘सिप्यानको आयोजना र एनसीसीएसको प्रायोजनमा यस वर्ष गर्ने भनिएको सिप्यान–एनसीसीएस क्रिकेट अवार्ड २०२० हालको परिस्थितिबाट सिर्जित आवश्यकता र प्राथमिकतालाई मध्यनजर गर्दै नेपाल सरकारले कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारको लागि स्थापना गरेको कोषमा सहयोग गर्ने जानकारी गराउन चाहान्छौं’

आयोजकले अर्को वर्षको अवार्ड हुने बताएको छ।

प्रकाशित: Mar 30, 2020| 14:29 सोमबार, चैत १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।