बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिमबाट ४३ जनाको नमूना संकलन, संक्रमितका परिवारको संकलन गरिएन

सुदूरपश्चिमबाट ४३ जनाको नमूना संकलन, संक्रमितका परिवारको संकलन गरिएन

कोरोना भाइरस संक्रमणको आशंकामा सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म परीक्षणका लागि ४३ जनाको स्वाब नमूना संकलन गरिएको छ।
 |  सोमबार, चैत १७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १७, २०७६

धनगढी- कोरोना भाइरस संक्रमणको आशंकामा सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म परीक्षणका लागि ४३ जनाको स्वाब नमूना संकलन गरिएको छ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका अनुसार सुदूरपश्चिमका कैलाली, कञ्चनपुर बाजुरा, बैतडी, डडेल्धुरा र डोटीबाट ४३ जनाको थ्रोट स्वाब (घाँटीबाट र्‍याल) संकलन गरिएको हो।

परीक्षणका लागि भने ३२ जनाको स्वाब मात्रै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पुगेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निरीक्षक समेत रहेका सम्पर्क व्यक्ति रामप्रसाद ओझाले जानकारी दिए।

‘३२ जनाको स्वाव संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाईएकोमा अहिले सम्म २५ जनाको मात्रै रिर्पोट आएको छ। २४ जनाको नेगेटिभ र एक जनाको पोजेटिभ, बाँकी सात जनाको आजभोलिमा आउँछ होला,’ उनले भने।

११ जनाको स्वाब भने संकलन गरिए पनि काठमाडौं पठाउन बाँकी रहेको ओझाले जानकारी दिए।

उनले भने, ‘सेती प्रादेशिक अस्पतालबाट सात, महाकाली अस्पतालबाट तीन र डडेल्धुरा अस्पतालबाट एक जनाको स्वाव संकलन भएको छ। आज नेपालगञ्ज हुँदै हवाई सेवा मार्फत पठाउने तयारी छ।’

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको उपचारमा संग्लन तीन जना स्वास्थ्यकर्मीको समेत स्वाव संकलन गरिएको छ।

संक्रमितका परिवारका सदस्यहरुको भने स्वाब संकलन भएको छैन्। अहिलेसम्म सुदुरपश्चिममा एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

प्रकाशित: Mar 30, 2020| 13:36 सोमबार, चैत १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।