शनिबार, कात्तिक २९, २०८२

झाडु लगाउन र डोसा बनाउन व्यस्त अभिनेत्रीहरू

अधिकांश स्टारले आफ्ना घरेलु कामदारलाई बिदा दिएका छन् र आफैं घरको काममा व्यस्त छन्।
 |  सोमबार, चैत १७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १७, २०७६

विश्वभर कोरोना भाइरसबमे महामारी छ। कैयन् देशमा लकडाउन छ। भारतमा पनि २१ दिनसम्म लामो लकडाउन गरिएको छ। सबै मानिस घरभित्रै छन्। सधैं फिल्म उद्योगमा व्यस्त रहने बलिउड अभिनेत्री पनि घरमै कैद छन्।

National life

अधिकांश स्टारले आफ्ना घरेलु कामदारलाई बिदा दिएका छन् र आफैं घरको काममा व्यस्त छन्। सेल्फ आइसोलेसनमा रहेर पनि उनीहरु सामाजिक सञ्जालमा छाइरहेका छन्। के गर्दै छन् त घरभित्र बलिउड कलाकार?

करिश्मा कपुर

बलिउड अभिनेत्री करिश्मा घरमा केक बनाउने अभ्यास गरिरहेकी छन्। उनले इस्न्ट्रागममा केक बनाउँदै गरेको भिडियो सार्वजनिक गरेकी छन्। अभिनेत्री करिश्माले सामाजिक दुरी कायम गर्न सबैलाई अपिल गरेकी छन्।

प्रीति जिन्टा

Laxmi sunrise bank
kumari

अभिनेत्री प्रीति जिन्टा परिवारका साथ समय बिताइरहेकी छन्। उनले हरेक दिन कुनै नयाँ गतिविधिबाट आरम्भ गरेको बताएकी छन्। उनी पनि अनेक किसिमका परिकार बनाउन व्यस्त छिन्। जिन्टाले मसला डोसा बनाएको तस्बिर सामाजिक सञ्जालमा राखेकी छन्।

सिल्पा सेट्टी

आफ्नो फिटनेस भिडियो सार्वजनिक गरेर सामाजिक सञ्जालमा खुसी देखिइरहने सिल्पा लकडाउनमा पनि पूर्ण सक्रिय छन्। उनले पछिल्लोपल्ट झाडु लगाएको फोटो सार्वजनिक गरेकी छन् र भनेकी छन्, आइसोलेसन अवधिले जीवनको महत्व कति छ भन्ने सिकाएको छ। उनले जिन्दगी सुखी बनाउन घरेलु कामदारको भूमिका निकै ठूलो रहेको भन्दै प्रशंसा गरेकी छन्।

नेहा धुपिया

अभिनेत्री धुपिया घरमा फिटनेसमा व्यस्त छिन्। खाली समयमा योग गर्दा स्वस्थ्य बनाउन सहयोग पुग्ने उनको सुझाव छ।

श्रद्धा कपुर

बलिउड अभिनेत्री श्रद्धा कपुरले आफू घरमै रिल्याक्स गरेर समय बिताइरहेको सामाजिक सञ्जालमा लेखेकी छन्।

प्रकाशित: Mar 30, 2020| 12:40 सोमबार, चैत १७, २०७६
प्रतिक्रिया दिनुहोस्