बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पाकिस्तानमा कोरोना संक्रमितको संख्या १५ सय पुग्यो, १२ को मृत्यु

पाकिस्तानमा कोरोना संक्रमितको संख्या १५ सय पुग्यो, १२ को मृत्यु

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण संक्रमितको सङ्ख्या पाकिस्तानमा एक हजार ५०० पुगेको छ। 
 |  आइतबार, चैत १६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत १६, २०७६

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण संक्रमितको सङ्ख्या पाकिस्तानमा एक हजार ५०० पुगेको छ। अधिकारीहरूले दिएको शनिवारसम्मको तथ्याङ्कअनुसार कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।

एउटै देशमा सङ्क्रमित हुने र मृत्यु हुनेको यो सङ्ख्या दक्षिण एसियामै सबैभन्दा धेरै भएको अन्तर्राष्ट्रिय संगठनहरुले बताएका छन् ।

पाकिस्तानको पन्जावमा सबैभन्दा धेरै सङ्क्रमित भेटिएका छन् । पन्जावमा अहिलेसम्म ४६९ जना व्यक्तिलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ ।

मृत्यु हुनेको सङ्ख्या भने सिन्ध प्रान्तमा सबैभन्दा धेरै रहेको अधिकारीले बताएका छन् । पकिस्तानमा कोरोनाभाइरसको सङ्क्रमणको पुुष्टि फेब्रुवरी २६ मा भएको थियो ।
रासस

प्रकाशित: Mar 29, 2020| 20:59 आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।