बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चौतारीमा बस्नेलाई हजार, जुवा खेलाउनेलाई १० हजार जरिवाना

चौतारीमा बस्नेलाई हजार, जुवा खेलाउनेलाई १० हजार जरिवाना

लकडाउनको उल्लङ्घन गर्नेलाई तनहुँको भानु नगरपालिकाले जरिवाना गर्ने निर्णय गरेको छ ।
 |  आइतबार, चैत १६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत १६, २०७६

लकडाउनको उल्लङ्घन गर्नेलाई तनहुँको भानु नगरपालिकाले जरिवाना गर्ने निर्णय गरेको छ । कोभिड–१९ को जोखिम कम गर्न सरकारले लागू गरेको लकडाउन पालनालाई प्रभावकारी बनाउन नगरपालिकाले यस्तो निर्णय गरेको हो ।
भानु नगरपालिकाका प्रमुख उदयराज गौलीको अध्यक्षतामा आज सम्पन्न बैठकले लकडाउनका बेलामा चौतारामा बसेर गफ गर्नेलाई रु एक हजार जरिवाना गर्ने निर्णय गरेको छ । त्यस्तै चियापसल, रक्सीपसल खोल्नेलाई रु दुई हजार, क्यारोमबोर्ड खेल्ने र खेलाउनेलाई रु तीन हजार, जुवातास खेल्नेलाई रु पाँच हजार र खेलाउनेलाई रु दश हजार जरिवाना गर्ने निर्णय भएको छ ।

साथै अत्यावश्यक खाद्यान्न पसल नखोल्ने र कृत्रिम अभाव सिर्जना गर्न खोज्नेलाई रु पाँच हजार जरिवाना गर्ने निर्णय भएको नगरपालिकाका सूचना अधिकारी सुनिल पाण्डेले जानकारी दिए। बैठकले सबै वडामा सम्भावित क्वारेन्टाइन व्यवस्थापनका लागि स्थान र आवश्यकता पहिचान गरी वडास्तरीय समन्वय समितिले अविलम्ब पठाउने, अतिविपन्न श्रमिक वर्ग एवं चुल्हो नबल्ने परिवारलाई वडा समिति, सुरक्षाकर्मीको पहिचान गरी अविलम्व विवरण नगरपालिकामा पठाउने, बेवारिसेसमेतको विवरण सङ्कलन गरी उद्धार र खानपानको व्यवस्था मिलाउने निर्णय गरेको छ ।

सूचना अधिकारी पाण्डेका अनुसार खाद्यान्न सङ्कट हुन नदिन उद्योग वाणिज्य सङ्घ र सुरक्षा निकायको समन्वयमा सहज बनाउने व्यवस्था मिलाउने, माग र आपूर्तिलाई सन्तुलन कायम गर्न कृषिजन्य उत्पादनलाई बजारसम्म पु¥याई उद्योग वाणिज्य सङ्घको समन्वयमा बिक्रीवितरण गर्ने, विदेशबाट फर्केका व्यक्तिको वडा समिति, टोल विकास संस्थामार्फत पुनः तथ्याङ्क सङ्कलन गर्ने निर्णय भएको छ । नगरपालिकाले शङ्कास्पद बिरामीको निगरानीका लागि तत्काल दश शय्याको व्यवस्थित क्वारेन्टाइन निर्माण गर्ने भएको छ ।

नगरपालिकाले बिरामी बोक्न प्रयोग हुने गाडी तथा एम्बुलेन्स चालकको बीमाको व्यवस्था गरेको छ भने कर्मचारीलाई अतिरिक्त प्रोत्साहन भत्ताका व्यवस्था गर्ने भएको छ । कोरोनाका कारणबाट मृत्यु भएमा निजको परिवारलाई उचित राहत रकम उपलब्ध गराउने घोषणा पनि गरिएको छ ।

रासस

प्रकाशित: Mar 29, 2020| 18:29 आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।