बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लकडाउनमा बाहिर ननिस्कन सम्झाउने प्रहरीमाथि क्रिकेट ब्याट प्रहार

लकडाउनमा बाहिर ननिस्कन सम्झाउने प्रहरीमाथि क्रिकेट ब्याट प्रहार

लकडाउनका समयमा बाहिर ननिस्कन आग्रह गर्ने प्रहरीमाथि कुटपिट भएको छ। लकडाउनका समयमा क्रिकेट नखेली घरमा बस्न सुझाव दिने प्रहरीमाथि आइतबार परवानीपुर गाउँपालिका-५ गण्डक चोकमा कुटपिट भएको हो।
 |  आइतबार, चैत १६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत १६, २०७६

बारा –लकडाउनका समयमा बाहिर ननिस्कन आग्रह गर्ने प्रहरीमाथि कुटपिट भएको छ। लकडाउनका समयमा क्रिकेट नखेली घरमा बस्न सुझाव दिने प्रहरीमाथि आइतबार परवानीपुर गाउँपालिका-५ गण्डक चोकमा कुटपिट भएको हो।

प्रहरीमाथि कुटपिट गरेको अभियोगमा सोही गाउँपालिका नौतन बहुअरी बस्ने २७ वर्षीय गणेश कुमार साहलाई प्रहरीले आइतबार पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय प्रसौनीबाट डिउटीमा खटिएको प्रहरीले साहसमेत ८/९ जनालाई लकडाउनको समयमा क्रिकेट खेल्न हुँदैन भनी सम्झाउने क्रममा साहले क्रिकेट खेल्ने ब्याटले प्रहरीलाई प्रहार गरेपछि उनलाई पक्राउ गरिएको हो। ब्याट प्रहारबाट एकजना प्रहरी हवल्दार घाइते भएका छन्।

प्रकाशित: Mar 29, 2020| 17:23 आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।