बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाले जनकपुरको चैते छठ र दशैं प्रभावित, पहिलोपल्ट बन्द भयो जानकी मन्दिर

कोरोनाले जनकपुरको चैते छठ र दशैं प्रभावित, पहिलोपल्ट बन्द भयो जानकी मन्दिर

कोरोना त्रासकै कारण जनकपुरको जानकी मन्दिर इतिहासमै पहिलोपटक बन्द भएको छ ।
 |  आइतबार, चैत १६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत १६, २०७६

जनकपुरधाम– वैश्विक महामारीको रुप लिइरहेको कोरोना भाइरसका कारण यस वर्ष जनकपुरमा मनाइने चैते छठ प्रभावित हुने भएको छ । कोरोना संक्रमण रोकथाम गर्न सरकारले ‘लकडाउन’ गरेपछि चैते छठ प्रभावित हुने भएको हो ।

आइतबार चैते छठको मुख्य विधिमध्ये खरना मनाइँदै छ । सोमबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर सन्ध्याकालीन अर्घ दिइने छ । कार्तिक महिनामा मनाइने छठझैं चैते छठको सम्पूर्ण विधि हुने गरेपनि यस वर्ष कोरोनाका कारण घरमै छठ मनाउन आग्रह गरिएको छ ।

पोखरीहरुमा सम्पूर्ण तयारी भइसकेपनि कोरोना संक्रमणलाई मध्यनजर गरी भीडभाड नगर्न, एकै स्थानमा धेरै मानिस जम्मा हुन नदिन सरकारको आग्रहअनुसार यसपटक घरमै पर्व मनाउन ब्रतालुहरुलाई आग्रह गरिएको जनकपुरस्थित गंगासागर छठ पूजा समितिले जनाएको छ ।

जनकपुरमा चैते छठ हरेक वर्ष धुमधामका साथ मनाइन्छ । यहाँको गंगासागर, धनुषसागर, अंगराजसर लगायतका पोखरीमा चैते छठ मनाइन्छ ।

यता कोरोनाकै कारण चैते दशैं समेत प्रभावित भएको छ । जनकपुरस्थित राजदेवी मन्दिरमा दशैं मनाउन सरसजावटलगायत सम्पूर्ण तयारी भइसकेपनि श्रद्धालुहरु पूजाअर्चना गर्न मन्दिर पुगेका छैनन् ।

कोरोना त्रासकै कारण जनकपुरको जानकी मन्दिर इतिहासमै पहिलोपटक बन्द भएको छ ।

प्रकाशित: Mar 29, 2020| 17:22 आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।