बिहीबार, भदौ ४, २०८३

प्रदेश २ मा विपन्नलाई निःशुल्क खाना

प्रदेश २ सरकारले ‘लकडाउन’ अवधिभर प्रदेशका विपन्न र मजदुरलाई निःशुल्क खानाको व्यवस्था गर्ने भएको छ।
 |  आइतबार, चैत १६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत १६, २०७६

जनकपुरधाम- प्रदेश २ सरकारले ‘लकडाउन’ अवधिभर प्रदेशका विपन्न र मजदुरलाई निःशुल्क खानाको व्यवस्था गर्ने भएको छ। आइतबार सम्पन्न प्रदेश मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

‘लकडाउन’ का कारण समस्यामा परेका विपन्न मजदुरको जीवनरक्षा गर्न निःशुल्क खानाको व्यवस्था गर्ने निर्णय भएको सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए।

विपन्न परिवारलाई दैनिक खानाको व्यवस्था गर्न प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गर्नेछ। निःशुल्क खानाको व्यवस्था गर्न तत्काल महानगरलाई २५ लाख, उपमहानगरलाई २० लाख, नगरपालिकालाई १५ लाख र गाउँपालिकालाई १० लाखका दरले रकम पठाउने र सोही बराबरको रकम स्थानीय तहलाई समेत सहयोग गर्ने निर्णय बैठकले गरेको छ।

यस्तै पीडित परिवारको पहिचान गर्न प्रत्येक स्थानीय तहका जनप्रतिनिधि, विभिन्न दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, स्थानीय समाजसेवी संस्था सम्मलित सर्वपक्षीय समिति गठन गरिने भएको छ।

कोरोनाको उपचारमा खटिने चिकित्सकको जीवन बिमाका साथै सतप्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णयसमेत सरकारले गरेको छ।
यसअघि प्रदेश सरकारले बोलाएको सर्वदलीय बैठकमा सहभागी प्रतिपक्षी दलले अहिले देखिएको कोरोना संकटको सामना गर्न हातेमालो गरेर अघि बढ्न सुझाव दिएका थिए।

प्रतिपक्षी नेकपा र नेपाली कांग्रेसले ‘लकडाउन’ का कारण गरिब तथा मजदुर समस्यामा पर्न सक्ने भन्दै उनीहरुको जीवनयापनतर्फ सरकारलाई ध्यान दिन आग्रह गरेका थिए।

प्रतिपक्षी दलले ‘लकडाउन’ लाई प्रभावकारी बनाउन र भारतमा फसेकाहरु नेपाल प्रवेश गर्न सक्ने सम्भावना रहेको भन्दै सीमा नाकामा कडाइ गर्न सरकारलाई सुझाएका छन्।

सहरी क्षेत्रमा ‘लकडाउन’ प्रभावकारी रहे पनि ग्रामीण भेगका बासिन्दा यसबारे अझै अनभिज्ञ रहेको भन्दै चेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रतिपक्षी दलले आग्रह गरेका छन्।

सर्वदलीय बैठकमा मुख्यमन्त्री लालबाबु राउतसहित प्रदेश सरकारका मन्त्री, कांग्रेस संसदीय दलका नेता रामसरोज यादव, नेकपाक नेता शत्रुध्न महतो, किशोरी साह कमल, विभिन्न मन्त्रालयका सचिवहरुको उपस्थिति थियो।

प्रकाशित: Mar 29, 2020| 14:26 आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।