बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • क्वारेन्टाइनमा बसेकाको तथ्यांक लिन गएका वडा अध्यक्षको अज्ञात समूहले खुट्टा भाँच्यो

क्वारेन्टाइनमा बसेकाको तथ्यांक लिन गएका वडा अध्यक्षको अज्ञात समूहले खुट्टा भाँच्यो

क्वारेन्टाइनमा बसेकाहरुको तथ्यांक संकलन गरेर घर फर्किरहेका एक वडा अध्यक्षको अज्ञात समुहले खुट्टा भाँचेको छ।
 |  आइतबार, चैत १६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत १६, २०७६

जाजरकोट- क्वारेन्टाइनमा बसेकाहरुको तथ्यांक संकलन गरेर घर फर्किरहेका एक वडा अध्यक्षको अज्ञात समुहले खुट्टा भाँचेको छ।

जाजरकोटको छेडागाड नगरपालिका-११ का वडा अध्यक्ष ५२ वर्षीय चक्रबहादुर सिंहको आइतबार राती अज्ञात समूहले खुट्टा भाँचेको प्रहरीले जनाएको छ।

राति ९ बजेको समयमा छिमेकी गाउँबाट एक्लै घरतर्फ फर्किरहेको बेला सिंहलाई ४–५ जनाको समूहले धकेलेको जिल्ला प्रहरी प्रमूख प्रहरी नायव उपरीक्षक किशोर कुमार श्रेष्ठले जानकारी दिए।

बाटोबाट करिव ५ मिटर तल खसेका सिंहको दायाँ खुट्टाको पिँडुला भाँचिएको र हातमासमेत चोट लागेको श्रेष्ठले जानकारी दिए। सिंहलाई उपचाका लागि सुर्खेत पठाएइको प्रहरीले जनाएको छ।

वडाअध्यक्ष सिंहमाथि के कारणले आक्रमण गरियो भन्ने बारे नखुलेको र घट्नाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 29, 2020| 14:19 आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।