बिहीबार, भदौ ४, २०८३

विपन्नलाई नगरको निःशुल्क खाद्यान्न

मिर्चैया नगरपालिकाले कोरोना भाइरसका कारण लकडाउनमा रहेका अति विपन्न तथा दलित परिवारलाई निःशुल्क खाद्यान्न वितरण गरेको छ।
 |  आइतबार, चैत १६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत १६, २०७६

सिरहा- मिर्चैया नगरपालिकाले कोरोना भाइरसका कारण लकडाउनमा रहेका अति विपन्न तथा दलित परिवारलाई निःशुल्क खाद्यान्न वितरण गरेको छ।

नगरपालिकाले १२ वटै वडाका पाँच सयभन्दा बढी परिवारलाई राहत वितरण गरेको मेयर श्रवण यादवले जनाए।

उनले भने, ‘गाउँघरमा अहिले पनि दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्नेह छन्। उनीहरुलाई राहतरुवरुप खाद्यान्नलगायत सामग्री उपलब्ध गराएका हौं।’

प्रतिपरिवारलाई १५ किलो चामल, २ किलो दाल, २ किलो आलु, २ किलो चुउरा, भुजा, आधा लिटर खाने तेल, १ किलो नुन, साबुन र परिवार संख्याका आधारमा घरमै पुगेर करिब २० हजारभन्दा बढी मास्क वितरण गरेको मेयर यादवले बताए ।

नगरपालिकाका पदाधिकारी, कर्मचारी तथा प्रशासनको उपस्थितिमा निश्चित दुरी कायम गरी गाउँमै पुगेर राहत वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत दिल्लीराम भट्टराईले बताए।

कोरोनाका कारण दैनिक ज्याला मजदुरी गरिखानेहरुलाई नेकपा, गोलबजार नगरपालिका ७ वडा कमिटिले वडाका विपन्न, दलित तथा गरिबलाई निःशुल्क राहत सामग्री वितरण गरेको छ।

वडामा रहेका करिव ५ सयभन्दा बढी दलित, गरिब परिवारलाई ५ केजी चामल, दाल, नुन, हातधुन साबन र परिवार संख्याका आधारमा मास्क वितरवण गरेको नेता जीवन यादवले जानकारी दिए।

प्रकाशित: Mar 29, 2020| 05:27 आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।