बिहीबार, भदौ ४, २०८३

कोरोनाको कहरमा मिडिया, अधिकांश दैनिक पत्रिका बन्द

 कोरोना भाइरसको जोखिमका कारण सरकारले गत साता देश लकडाउन (बन्दाबन्दी) गरेपछि अन्य क्षेत्रजस्तै सञ्चारमाध्यम पनि गम्भीर समस्यामा परेका छन्।
 |  आइतबार, चैत १६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत १६, २०७६

काठमाडौं- कोरोना भाइरसको जोखिमका कारण सरकारले गत साता देश लकडाउन (बन्दाबन्दी) गरेपछि अन्य क्षेत्रजस्तै सञ्चारमाध्यम पनि गम्भीर समस्यामा परेका छन्।

केही मिडिया हाउसले आफ्ना सबै प्रकाशन स्थगन गरेका छन्। रेडियो, टेलिभिजन र अनलाइन माध्यम सञ्चालन भइरहे पनि अधिकांश पत्रकार घरमै बसेर काम गरिरहेका छन्। केही पत्रकार र फोटो पत्रकार भने जोखिम मोलेर फिल्डमा खटिरहेका छन्।

देशको सबैभन्दा ठूलो मिडिया हाउस कान्तिपुर मिडिया ग्रुपले कोरोनाको जोखिमका कारण रेडियो र टेलिभिजनबाहेक सबै प्रकाशन स्थगित गरेको छ। काठमाडौंका कोरोनाका कारण दैनिक पत्रिका बन्द गर्ने कान्तिपुर ग्रुप पहिलो हो।

मोफसलका पत्रिका र काठमाडौंका साप्ताहिक पत्रिका पनि प्रकाशन बन्द भइसकेका छन्। अंग्रेजी दैनिक द हिमालयन टाइम्सले पनि अब छापा माध्यममा केही समयका लागि विश्राम लिएको जनाएको छ।

आइतबारसम्म (आज) सम्म प्रकाशित हुँदै आएको आर्थिक पत्रिका कारोबार दैनिकले पनि अर्को सूचना प्रकाशित नहुन्जेलसम्म प्रकाशन बन्द गरेको छ।
हिमाल खबर पत्रिका तथा नेपाली टाइम्सले पनि सरकारको लकडाउन घोषणासँगै आफ्ना प्रकाशन बन्द गरेका छन्।

औपचारिक रुपमा बन्दको घोषणा नगरेका कतिपय दैनिक पत्रिका पनि प्रकाशनमा आएका छैनन्। नियमित रुपमा पत्रिका प्रकाशित गर्दै आएका दैनिक पत्रिकामा नयाँ पत्रिका, नागरिक, अन्नपूर्ण पोस्ट छन्। तर, ती सबैले पृष्ठ घटाएका छन् र वितरणमा पनि निकै समस्या देखिएको छ।

रेडियो र टेलिभिजनमा पनि उस्तै समस्या छ। एफएम रेडियोहरुले म्युजिक र फोन इन कार्यक्रममा जोड दिएका छन्। कतिपय एफएमले प्रसारण समय पनि घटाएका छन्। फिल्डमा जान नपाएपछि टेलिभिजनलाई पनि समस्या भएको छ।

प्रकाशित: Mar 29, 2020| 04:46 आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।