आइतबार, चैत ८, २०८२

तलब काट्ने निर्णयमा युभेन्टसका खेलाडी र प्रशिक्षक सहमत

इटालियन क्लब युभेन्टसका खेलाडी र प्रशिक्षक माओरियो सारीले आफ्नो तलब कटिने प्रस्ताव स्वीकार गरेका छन्। संक्रमणकालिन चार महिनाको तलब काट्न उनीहरु सहमत भएका हुन। कोरोना संक्रमणबाट उत्पन्न आर्थिक संकटबाट बच्न र क्लबको ९० मिलियन यूरो सुरक्षित गर्न यस्तो निर्णय गरिएको बताइएको छ।
 |  आइतबार, चैत १६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत १६, २०७६

इटालियन क्लब युभेन्टसका खेलाडी र प्रशिक्षक माओरियो सारीले आफ्नो तलब कटिने प्रस्ताव स्वीकार गरेका छन्। संक्रमणकालिन चार महिनाको तलब काट्न उनीहरु सहमत भएका हुन। कोरोना संक्रमणबाट उत्पन्न आर्थिक संकटबाट बच्न र क्लबको ९० मिलियन यूरो सुरक्षित गर्न यस्तो निर्णय गरिएको बताइएको छ।

National life

युभेन्टसको टोलीमा रहेका पोर्चुगलका खेलाडी क्रिस्टियानो रोनाल्डो, वेल्सका मिडफिल्डर आरोन रामसेलगायत सम्पूर्ण खेलाडीले मार्च, अप्रिल, मे र जुनको पूरा तलब पाउने छैनन्।

‘संकटको बेला क्लबसँगको प्रतिबद्धताका लागि युभेन्टस आफ्ना खेलाडी र कोचलाई धन्यवाद दिन चाहान्छ’, क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ। यस्तै इटालीको फुटबल गतिविधि ३ अप्रिलसम्मका लागि स्थगित गरिएको छ। पछिल्लो खेलसम्ममा युभेन्टस लाजियो भन्दा १ अंकले अघि रहेर शीर्ष स्थानमा छ। महामारीका कारण अत्याधिक संकटमा परेको इटालीमा छिट्टै फुटबल सुरु हुने कुरामा विश्वास गर्न सकिन्न। हालसम्म कोरोनाकै कारण त्यहाँ नौ हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ।

युरोपकै अर्को देश जर्मनीका बायर्न म्युनिख र बोरुसिया डर्टमन्डका खेलाडी पनि आफ्नो तलब कटौती गर्न सहमत भएका छन्।

प्रकाशित: Mar 29, 2020| 04:31 आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।