बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राजकुमारी, प्रधानमन्त्रीदेखि खेलाडी र सेलिब्रेटीसम्मलाई कोरोना

राजकुमारी, प्रधानमन्त्रीदेखि खेलाडी र सेलिब्रेटीसम्मलाई कोरोना

बेलायती राजकुमार, प्रधानमन्त्री संक्रमित भएका छन् भने स्पेनकी राजकुमारी मारिया टेरेसाको मृत्यु भएकाे छ।
 |  आइतबार, चैत १६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत १६, २०७६

काठमाडौं- दुई सयभन्दा बढी देशमा फैलिएको कोरोना भाइरसले अहिलेसम्म झन्डै ३१ हजारको ज्यान लिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ६ लाख बढी संक्रमित छन्।

विश्वका चर्चित व्यक्तित्व, प्रधानमन्त्री लगायत उच्च सरकारी अधिकारी, फिल्म र गीतसंगीतका हस्ती र खेलाडी पनि संक्रमति भएका छन्। केही उच्च व्यक्तित्वकाे भने निधन भएकाे छ।
बेलायतमा धेरै उच्च पदस्थ व्यक्तित्वहरुलाई कोरोना संक्रमण पुष्टि  भएको छ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन कोरोना भाइरस संक्रमण भएपछि क्वारेन्टाइनमै बसेर काम गरिरहेका छन्। उनले सबैलाई घरमै बस्न आग्रह गरेका छन्। उनले भनेका छन्, 'सबैलाई धन्यवाद छ, हामी भाइरसलाई हराउने कार्यमा एकसाथ छौं। सबै घरमै बसौं।'

यस्तै बेलायतका ७१ वर्षीय राजकुमार चार्ल्स काेरोना संक्रमण भएपछि स्कटल्यान्डमा सेल्फ क्वारेन्टाइनमा छन्। उनकाे स्वास्थ्य अवस्था राम्रो रहेको बेलायती अधिकारीहरुले बताएका छन्।

स्पेनका उपप्रधानमन्त्री क्यारमेन क्याल्भोलाई २५ मार्चमा संक्रमण पुष्टि भएको छ। मोनाकोका राजकुमार एलबर्टो द्वितीयलाई गत बिहीबार परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो।

कोरोना संक्रमित हुने अन्य उच्च अधिकारीमा नाइजेरियाका राष्ट्रपति महुम्मदु बुहारीका प्रभावशाली अधिकारी ७० वर्षीय क्यारी, ब्रेक्जिटका लागि युरोपियन युनियनका प्रमुख मध्यस्थकर्ता मिचेल बारनियर, ब्राजिलका खनिज तथा ऊजामन्त्री बेन्टो अल्बुकर्क र ब्राजिलकै सुरक्षा सल्लाहकार
अगस्टो हेलेनो छन्।

बेलायतकी स्वास्थ्यमन्त्री नाडाइन डोरिजस्, स्पेनका प्रभावशाली नेता क्विमी तोरा र मन्त्री इरेन मोन्टेरो, अस्ट्रेलियाका गृहमन्त्री पिटर डुट्टोम कोरोना संक्रमण भएपछि घरमै क्वारेन्टाइनमा छन्।

इरानका वरिष्ठ नेता मासुमेह एबटेकर, फ्रान्सका संस्कृतिमन्त्री फ्रयांक रिएस्टर, पोल्यान्डका वातावरणमन्त्री मिचेल वस र बेलायतका स्वास्थ्य सचिव म्याथु हेनकक पनि संक्रमित छन् ।

सबैभन्दा धेरै बुर्किनाफासोका चार मन्त्रीलाई कोरोना भाइरस संक्रमण भएको छ। संक्रमित हुनेमा त्यहाँका खनिजमन्त्री ओमरौ इदानी, शिक्षामन्त्री स्टानिस्ला ओउरो, आन्तरिक मामिलामन्त्री, सिमोन सवदोगो र विदेशमन्त्री अल्फा बेरी छन्।

क्याटलान सरकारका उपप्रमुख पेरे आरोगोनस र संयुक्त राज्य अमेरिकाको मियामी सहरका मेयर फ्रान्सिस सुरेज पनि संक्रमित छन्। क्यानडाका प्रधानमन्त्रीकी पत्नी सोफो ग्रेगायर ट्रुडो र स्पेनका प्रधानमन्त्री पड्रो सान्चेजकी पत्नी बेगोना गोमेज संक्रमित छन्।

संक्रमित अन्यमा जर्मनीका लागि इजरायली राजदूत जेरेमी इस्साचरोफ, जर्मनीका क्रिस्चियन डेमोक्रेटिक युनियनका नेता फेडरिक मेर्ज र जापान फुटबल एसिसिएसनका प्रमुख कोजो तासिमा छन्।

संक्रमित सेलिब्रेटी र खेलाडी

हलिउडका चर्चित जोडी टम हेंक्स र रिता विल्सन दुई साता क्वारेन्टाइनमा बिताएर घर फर्किएका छन्। चिलीका चर्चित लेखक लुइस सेफुलवेडा, फ्रान्सेली अभिनेता ओल्गा कुरेन्को, बेलायती अभिनेता र संगीतकार इद्रिस एल्बा तथा स्पेनिस गायक प्लासिदो दोमिन्गोलाई कोरोना संक्रमण भएको छ।

र्कीका बक्सिङ खेलाडी सरहट गुलर, इटाली फुटबल टिमका गोलकिपर मार्को स्पोर्टिलो, युभेन्टस फुटबल क्लबका फ्रान्सेली मिड फिल्डर ब्लेस माटुदी र युभेन्टस फुटबल क्लबका इटालीले डिफेन्डर डनियल रुगानी कोरोना संक्रमण भएपछि घरमै आराम गरिरहेका छन्।

मृत्यु भएका उच्च पदस्थ व्यक्ति

स्पेनकी राजकुमारी ८६ वर्षीया मारिया टेरेसाको शुक्रबार कोरोना संक्रमणबाट निधन भएको छ। द सनका अनुसार राजकुमारी टेरेसाको निधनको पुष्टि उनका भाइ राजकुमार सिक्स्टस हेनरीले गरेका हुन्।

बुडापेस्टस्थित बेलायती दूतावासका वरिष्ठ अधिकारी स्टेफन डेक, अमेरिकाकीका उत्कृष्ट सेफ मास्टर फ्ल्योड कारडोज र क्यामरुनका अफ्रो ज्याज मनु डिबान्गोको भाइरस संक्रमणमा ज्यान गएको। यस्तै स्पेनको सबैभन्दा ठूलो बैंक स्ट्यान्डर्डका पोर्चुगल एकाइ प्रमुख एन्टोनियो भिएरा मोन्टेरोको गत बुधबार कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ।

एजेन्सीकाे सहयाेगमा 

प्रकाशित: Mar 29, 2020| 03:20 आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।