बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘इन्डिपेन्डेन्ट’ अखबारले भन्यो– बेलायतकी महारानीलाई पनि कोरोना संक्रमण

‘इन्डिपेन्डेन्ट’ अखबारले भन्यो– बेलायतकी महारानीलाई पनि कोरोना संक्रमण

बेलायतकी महारानी एलिजाबेथलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ। बेलायती अखबार द इन्डिपेन्डेन्टका अनुसार बकिंघम प्यालेसले यसको पुष्टि गरेको छ।
 |  आइतबार, चैत १६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत १६, २०७६

बेलायतकी महारानी एलिजाबेथलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ। नाइजेरियाको अखबार इन्डिपेन्डेन्टका अनुसार बकिंघम प्यालेसले यसको पुष्टि गरेको छ।

९३ वर्षीया एलिजाबेथमा कोरोनाको प्रारम्भिक लक्षण देखिएको तर उनको स्वास्थ्य अवस्था भने सामान्य र स्थिर रहेको प्यालेसले बताएको छ। अहिले उनी विन्डसर क्यासलमा सेल्फ आइसोलेसनमा छिन्।

यसअघि बेलायतका राजकुमार, प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीलाई पनि कोरोना संक्रमण भएको समाचार सार्वजनिक भएको थियो।

बेलायती सञ्चारमाध्यमले भने महारानी सेल्फ आइसोलेसनमा बसेको उल्लेख गरेका छन् तर उनलाई कोरोना संक्रमण भए-नभएको बारे केही खुलाएका छैनन्।

(यसअघि यसै समाचारको स्रोत नाइजेरियाको इन्डिपेन्डेन्ट अखबार हुनुपर्नेमा बेलायती अखबार द इन्डिपेन्डेन्ट भएकोले सच्याइएको छ- सम्पादक)

प्रकाशित: Mar 29, 2020| 02:30 आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।