मुलुकभर दैनिक अत्यावश्यक खाद्यान्न पर्याप्त मौज्दात रहेको भन्दै सरकारले नआत्तिन आग्रह गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा मौज्दात रहेको खाद्यान्नको विवरण पनि सार्वजनिक गरेको छ।
मन्त्रालयले सरकारी संस्थानहरुबाट आपूर्ति हुने चामल तथा धान, फापर, सिमी, चिनी, नुन मौज्दातको विवरण मन्त्रालयले सार्वजनिक गरेको हो। साथै मन्त्रालयले एलपी ग्यास तथा पेट्रोलिमय पदार्थको विवरण पनि सार्वजनिक गरेको छ।
मुलुकभर २४ हजार ६ सय १६ क्विन्टल चामल मौज्दात रहेको र यसले ३ महिनाको माग धान्न सक्ने मन्त्रालयले जनाएको छ। त्यसैगरी नुनको मौज्दातले १० महिनाको माग धान्न सक्छ। खाना पकाउने ग्यास तथा पेटोलियम पदार्थ पनि नियमित आपूर्ति भइरहेको र मौज्दात पनि पर्याप्त रहेको मन्त्रालयले जनाएको छ।
कुन सामानको मौज्दात कति ?