बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट मर्नेको संख्या ३१ हजारनजिक, १ लाख ४२ हजार निको भए

कोरोनाबाट मर्नेको संख्या ३१ हजारनजिक, १ लाख ४२ हजार निको भए

कोरोना भाइरसका कारण विश्वभरमा ३० हजार ८५१ जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार ६ लाख ६२ हजार ९६७ जना कोरोना संक्रमित छन्। त्यसैगरी अहिलेसम्म १ लाख ४१ हजार ९५३ जना उपचारपछि सञ्चो भएका छन्।
 |  आइतबार, चैत १६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत १६, २०७६

कोरोना भाइरसका कारण विश्वभरमा ३० हजार ८५१ जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार ६ लाख ६२ हजार ९६७ जना कोरोना संक्रमित छन्। त्यसैगरी अहिलेसम्म १ लाख ४१ हजार ९५३ जना उपचारपछि सञ्चो भएका छन्।

सबैभन्दा बढी इटालीमा १० हजारजनाको मृत्यु भएको छ भने अहिले पनि ९० हजारभन्दा बढी संक्रमित छन्।

उता, अमेरिकामा कोरोना भाइरसबाट मर्नेको संख्या २ हजार नाघेको छ। सीएनएनका अनुसार शनिबारसम्ममा त्यहाँ २ हजार १० जनाको मृत्यु भएको छ। बिहीबारसम्म यो संख्या १ हजार थियो।

त्यसैगरी कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ६ सय ८८ पुगेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार भने २०१ मुलुकमा फैलिएको कोरोना भाइरसबाट शनिबारसम्ममा २६ हजार ६ सय ५४ जनाको मृत्यु भइसकेको छ भने ५ लाख ७५ हजार ४ सय ४४ जना संक्रमित छन्।

 

प्रकाशित: Mar 29, 2020| 01:39 आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।