बिहीबार, भदौ ४, २०८३

कोरोनाको के छ अवस्था मध्यपूर्वमा ?

गत डिसेम्बरको तेस्रो साता चीनमा सुरु भएको कोरोना भाइरस विश्वभर फैलिसकेको छ। विश्व स्वास्थ्य संगठनका अनुुसार कोरोनाबाट २०१ वटा मुलुक प्रभावित छन्।
 |  आइतबार, चैत १६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत १६, २०७६

गत डिसेम्बरको तेस्रो साता चीनमा सुरु भएको कोरोना भाइरस विश्वभर फैलिसकेको छ। विश्व स्वास्थ्य संगठनका अनुुसार कोरोनाबाट २०१ वटा मुलुक प्रभावित छन्।

शनिबारसम्मको तथ्यांकअनुसार संक्रमितको संख्या ६ लाख नाघिसकेको छ। यसमा सबैभन्दा बढी अमेरिकामा १ लाख ४ हजार ८ सय ६५, इटालीमा ८६ हजार ४ सय ९८, चीनमा ८१ हजार ९ सय ९६, स्पेनमा ७२ हजार २ सय ४८ र जर्मनीमा ५३ हजार ३ सय ४० छन्।

अहिले यूरोप र अमेरिकामा बढी सक्रिय रहेको यो भाइरस चीनपछि सुरुमा मध्यपूर्व पुगेको थियो । कोरोनाबाट नराम्ररी प्रभावित भएको इरानमा अहिले पनि प्रकोप साम्य भएको छैन।

शनिबारमात्र इरानमा १३९ जनाको मृत्यु भएको छ। योसँगै इरानमा कोरोनाबाट मर्नेको सख्या २५ सय १७ पुगेको छ। त्यहाँ देशको कुल बजेटको २० प्रतिशत हिस्सा कोरोनासँग जुध्न खर्च भइरहेको छ।

उता, कतारमा शनिबार कोरोना भाइरसबाट पहिलोपटक एकजनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ५९० पुगेको छ।

मध्यपूर्वका अन्य देशहरु साउदी अरेबिया, टर्की, इजिप्ट, इराक, सिरिया, युएई, लेबनान भने कोरोनाबाट खासै प्रभावित छैनन्।

प्रकाशित: Mar 29, 2020| 01:13 आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।