बिहीबार, भदौ ४, २०८३

प्रदेश विपद् कोषमा सिद्धार्थ बैंकको १० लाख सहयोग

कर्णाली प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद् व्यवस्थापन कोषमा सिद्धार्थ बैंक कर्णाली प्रदेश कार्यालयले १० लाख रुपैयाँ सहयोग गरेको छ ।
 |  शनिबार, चैत १५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १५, २०७६

सुर्खेत– कर्णाली प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद् व्यवस्थापन कोषमा सिद्धार्थ बैंक कर्णाली प्रदेश कार्यालयले १० लाख रुपैयाँ सहयोग गरेको छ ।

कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण कार्यका लागि कर्णाली प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद् व्यवस्थापन कोषमा बैंकले दश लाख रुपैयाँ जम्मा गरेको हो । मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीका अनुसार प्रदेश सिद्धार्थ बैंकको तर्फबाट बैंकका प्रदेश कार्यालय प्रमुख रञ्जन कोइरालाले आज १० लाखको चेक हस्तान्तरण गरेका हुन् ।

यस्तै विपद व्यवस्थापन कोषमा दैलेखको नौमुले गाउँपालिका–३, द्वारी दैलेख निवासी पदमबहादुर बिश्वकर्माले व्यक्तिगत रुपमा ५१ हजार रुपैयाँको चेक मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हस्तान्तरण गरेको बुढाथोकीले जानकारी दिए । कोरोनाको प्रतिकार्यका लागि कर्णाली प्रदेश सरकारले स्थापना गरेको विपद कोषमा उद्योग, व्यवसायी, जनप्रतिनिधि लगायतलाई सहयोगको अपिल गरेको छ ।

प्रकाशित: Mar 28, 2020| 14:42 शनिबार, चैत १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।