बिहीबार, भदौ ४, २०८३

श्रीलंकामा कर्फ्यु उल्लंघन गर्ने हजारौं पक्राउ

श्रीलंकामा कर्फ्यु उल्लंघन गरेका हजारौंलाई प्रहरीले पक्राउ गरेको छ ।
 |  शनिबार, चैत १५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १५, २०७६

श्रीलंकामा कर्फ्यु उल्लंघन गरेका हजारौंलाई प्रहरीले पक्राउ गरेको छ । कर्फ्यु उल्लघंन गरी पक्राउ पर्नेमा धेरैजसो मस्जिदमा प्रार्थना गर्न गएका मुस्लिम धर्मावलम्बीहरु रहेका छन् ।
श्रीलंकामा कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिन यहि मार्च २० तारिखदेखि कर्फ्यु लगाइएको छ । सरकारले अत्यावश्यक काम पर्ने बाहेकलाई हिँडडुल गर्न निषेध गरेको छ ।
सरकारको आदेश उल्लघंन गरेको अभियोगमा चार हजार ६०० जनालाई पक्राउ गरिएको छ भने, एक हजार १२५ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । अरु केही व्यक्तिहरु भने भाग्न सफल भएका थिए ।

हरी नियन्त्रणमा परेका मुस्लिम धर्मावलम्बी होरोपठानमा रहेको मस्जिदबाट पक्राउ परेका हुन् । सो ठाउँ राजधानी कोलोम्बोदेखी दुई सय मिटर उत्तरतर्फ पर्दछ । श्रीलङ्कामा कोरोना भाइरसबाट १०६ जना संक्रमित भएकाले कर्फ्यु लगाइएको हो ।

रासस

प्रकाशित: Mar 28, 2020| 14:34 शनिबार, चैत १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।