बिहीबार, भदौ ४, २०८३

प्रदेश २ मा २३२ जना क्वारेन्टाइनमा

प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएअनुसार रौतहटमा सबैभन्दा बढी ६५ जना क्वारेन्टाइनमा राखिएको छ ।
 |  शनिबार, चैत १५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १५, २०७६

जनकपुरधाम– प्रदेश २ मा कोरोना भाइरस संक्रमणको आशंकामा २३२ जनालाई क्वारेन्टाइनमा राखिएको छ । केही दिनयता भारत तथा तेस्रो देशबाट फर्केर नेपाल आएका २३२ जना शंकास्पदलाई प्रदेश २ को विभिन्न जिल्लास्थित क्वारेन्टाइनमा राखिएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएअनुसार रौतहटमा सबैभन्दा बढी ६५ जना क्वारेन्टाइनमा राखिएको छ । यसैगरी रौतहटबाट तीनजनाको स्वाब परीक्षणको लागि काठमाडौं पठाइएको निर्देशनालयले जनाएको छ ।

रौतहटको चन्द्रनगर नगरपालिकास्थित चन्द्रपुर हस्पिटल प्रालिमा भर्ना भएका तीनजनाको स्वाब परीक्षणको लागि काठमाडौं पठाइएको निर्देशनालयका वरिष्ठ अधिकृत विजय झाले जानकारी दिए ।

यसैगरी सप्तरीस्थित विभिन्न क्वारेन्टाइनमा १२२ र सिरहामा १५ जना तथा ६ जना होम क्वारेन्टाइनमा रहेको झाले बताए । धनुषाको नगराईन नगरपालिकाको गंगुलीस्थित क्वारेन्टाइनमा ११ जना र होम क्वारेन्टाइनमा २ जना रहेको उनले जानकारी दिए ।

निर्देशनालयले जनाएअनुसार हालसम्म महोत्तरीस्थित क्वारेन्टाइनमा कोही शंकास्पद आएको छैन । महोत्तरीमा दुईवटा क्वारेन्टाइन रहेकोमा हालसम्म कसैलाई नराखिएको निर्देशनालयले जनाएको छ ।

यता सर्लाहीमा दुईजना क्वारेन्टाइन र १९ जना होम क्वारेन्टाइनमा र पर्सामा १५ जनालाई क्वारेन्टाइनमा भर्ना गरिएको निर्देशनालयले जनाएको छ । बारामा १५ जनालाई क्वारेन्टाइनमा राखिएको छ भने बाराको कलैयास्थित अस्पतालमा भर्ना भएका तीनजनाको स्वाब परीक्षणको लागि काठमाडौं पठाइएको छ ।

रौतहट र बाराका ६ जनाको स्वाब परीक्षणका लागि शुक्रबारै काठमाडौं पठाइए पनि हालसम्म रिपोर्ट आइनसकेको निर्देशनालयले जनाएको छ । प्रदेश २ मा हालसम्म कुनै शंकास्पदमा पोजिटिभ नदेखिएको निर्देशनालयले जनाएको छ ।

क्वारेन्टाइनमा शंकास्पदहरु भर्ना गरिएपनि प्रदेश २ मा हालसम्म परीक्षणको लागि आवश्यक किटको अझै अभाव रहेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित: Mar 28, 2020| 13:48 शनिबार, चैत १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।