शनिबार, वैशाख २२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • बेलायती महारानी एलिजाबेथको गोल्डेन बग्गी नारायणहिटीमा

बेलायती महारानी एलिजाबेथको गोल्डेन बग्गी नारायणहिटीमा

बेलायती महारानी एलिजाबेथ द्वितीयाबाट राजा महेन्द्रलाई प्राप्त सुनौलो बग्गी नारायणहिटी संग्रहलायको प्रदर्शनीनमा राखिएको छ।
 |  बिहीबार, भदौ २४, २०७८

महेश्वर आचार्य

महेश्वर आचार्य

बिहीबार, भदौ २४, २०७८

काठमाडौं- बेलायती महारानी एलिजाबेथ द्वितीयाबाट राजा महेन्द्रलाई प्राप्त सुनौलो बग्गी नारायणहिटी संग्रहलायको प्रदर्शनीनमा राखिएको छ।

triton college

महारानी एलिजाबेथ २०१६ सालमा नेपालको राजकीय भ्रमणमा आउँदा सो बग्गी तत्कालीन राजा मेहन्द्रलाई उपहारमा प्राप्त भएको थियो। सो बग्गी राजा वीरेन्द्रको राज्यभिषेकमा प्रयोग भएको थियो।

नेपालले उपहार पाएको जस्तो बग्गी विश्वमा दुईवटा मात्र रहेको बताइन्छ। एउटा बकिङ्घम दरबारमा र अर्को नारायणहिटी दरबारमा। बकिङ्घम दरबारमा भएको बग्गी महारानीद्वारा बेलाबखत अझै प्रयोगमा आउने गरेको छ। सो बग्गीलाई प्रविधि यद्यावधि गरेर रातमा पनि चल्नको लागि बत्ति जडान गरिएको छ भने यो बग्गीमा भने सो सुविधा छैन।

नारायणहिटी  दरबार  सङ्ग्रहालयका  कार्यकारी  निर्देशक भेषनारायण दाहालले  पूर्वराजाहरूबाट प्रयोग  भएका  सामग्री  प्रदर्शनीमा राख्दै जाने सङग्रहालयको नीतिअनुरूप सुवर्ण बग्गीलाई सार्वजनिक गरिएको बताए।

‘यो बग्गी राजा  वीरेन्द्रको  राज्याभिषेकमा  प्रयोग  भएको थियो। सो बग्गी नेपाली  सेनासँग  थियो। सेनासँग मागेर ल्याएका प्रदर्शनीमा राखेका हौं। अब यो यहीँ प्रदर्शनीमा रहनेछ,’ दाहालले बताए।

corrent noodles
Metro Mart
‘बग्गी पहेंलो धातुले बनेकाले सुनौलो भनिएको हो। यो अहिले पनि चलाउन मिल्ने अवस्थामा छ,’ दाहालले भने, ‘बग्गी पानी नर्छिने क्लोड डिजाइनमा छ। यसमा चारजनासम्म बस्न मिल्छ।’
बग्गी निर्माता अफोर्ड एन्ड सन्स लिमिटेड लन्डन भएको बग्गीमा पछिल्लो भागमा लेखिएको जानकारीबाट थाहा हुन्छ। उसले सन् १७९० देखि बग्गी बनाउने गरेको पाइन्छ। पछि मोटोरको आविष्कार भएपछि सो कम्पनीले मोटरगाडी निर्माणमा लागेको थियो। सन् १९३९ देखि त कम्पनीले बग्गी बनाउने कामलाई बन्द गरेको थियो। सन् १९६८ देखि कम्पनी अस्तित्वमा छैन। 

सो बग्गी विदेशबाट आउने अरु सामानजस्तै पानी जहाजबाट कलकत्ता हुँदै नेपाल आएकोे थियो। 

‘बग्गी पहेंलो धातुले बनेकाले सुनौलो भनिएको हो। यो अहिले पनि चलाउन मिल्ने अवस्थामा छ,’ दाहालले भने, ‘बग्गी पानी नर्छिने क्लोड डिजाइनमा छ। यसमा चारजनासम्म बस्न मिल्छ।’


राजा महेन्द्रको पालमा सो बग्गीको उपयोग भएन भने राजा वीरेन्द्रको राज्यभिषेकका बेला एक पटक प्रयोग गरिएको थियो। राजा वीरेन्द्रको राज्याभिषेक २०३१ साल फागुन १२ गते भएको थियो।

महारानी  एलिजाबेथ  द्वितीया  दोस्रो  पटक  २०४२  साल  फागुनमा  नेपालको राजकीय भ्रमणमा आएका बेला पनि सो बग्गी  प्रयोग गरिएको थियो। महारानीको दोस्रो राजकीय भ्रमणका बेला उनलाई वसन्तपुर क्षेत्रमा नागरिक अभिनन्दन गरिएपछि सोही बग्गीमा राखेर नारायणहिटी दरबार लगिएको थियो।

लामो समय प्रयोगमा नरहेको सो बग्गीलाई राजा ज्ञानेन्द्रको राज्यभिषेकमा प्रयोग गर्नको लागि मर्मत सम्भार गरिएको थियो तर राज्यभिषेक हुन नपाउँदै गणतन्त्र आयो र राजा ज्ञानेन्द्र अन्तिम शाहवंशीय राजा हुनपुगे।

नारायणहिटी राजदरबारको घोडा तबेलामा रहेको सो बग्गी २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको थियो। पछि त्यसलाई मर्मत सम्भार गरेर आवश्यक पर्दा उपयोग गर्न ल्याउन पाउने गरी नेपाली सेनालाई जिम्मा लगाइएको थियो।

नारायणहिटी दरबार सङग्रहालयभित्र विभिन्न बैठक कोठा, पूर्वराजारानीका शयन कक्ष, राजकीय पाहुनाहरूले प्रयोग गर्ने कक्षसहितका ५२ वटा कोठा छन्। तीमध्ये ३२ वटा कक्ष प्रदर्शनीमा ल्याइएका छन्।
सो बग्गी सेनासँग मागेर प्रदर्शनीमा राखिएको हो। सङ्ग्रहालयका निर्देशक दाहालले अन्तर्राष्ट्रिय सङ्ग्रहालय परिषद्को सिद्धान्तअनुरुप दरबारमा रहेका सामग्रीहरू प्रदर्शनी गर्दै लगिने बताए। उनले अबका दिनमा पूर्वराजपरिवारले प्रयोग गरेका हेलिकोप्टर, हवाई जहाजदेखि अन्य सवारीसाधन पनि प्रदर्शनीमा राखिने योजना रहको बताए।

गत वर्ष पनि सङ्ग्रहालयले हिटलरले राजा त्रिभुवनलाई उपहारमा दिएको कारलाई प्रदर्शनीमा राखेको थियो।


नारायणहिटी दरबार सङग्रहालयभित्र विभिन्न बैठक कोठा, पूर्वराजारानीका शयन कक्ष, राजकीय पाहुनाहरूले प्रयोग गर्ने कक्षसहितका ५२ वटा कोठा छन्। तीमध्ये ३२ वटा कक्ष प्रदर्शनीमा ल्याइएका छन्।

तत्कालीन राजपरिवारको निवास तथा कार्यालय रहेको नारायणहिटी दरबार  परिसरमा नेपाली सेनाको पृतना, परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभाग पनि छ। परिसरकै महेन्द्र मञ्जीलमा पूर्व मुमा बडामहारानी रत्न बस्दै आएकी छिन्।

सरकारले दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समिति गठन गरेसँगै सङ्ग्रहालयमा सामग्रीहरु प्रदर्शनीमा थप्दै लगिएको हो। २०६५ फागुन १५ देखि नारायणहिटी दरबार सङ्ग्रहालयका रूपमा सर्वसाधारणका निम्ति पनि खुला गरिएको थियो।

काठमाडौं महानगरपालिका वडा नं.१ मा रहेको नारायणहिटी दरबार परिसर ७ सय ५४ रोपनी क्षेत्रफलमा फैलिएको छ।

प्रकाशित: Sep 09, 2021| 08:58 बिहीबार, भदौ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।