बिहीबार, भदौ ४, २०८३

‘लकडाउन’ मा विपन्न परिवारलाई सहयोग

‘लकडाउन’ मा दैनिक मजदुरी गरेर जीवनयापन गर्नेहरु समस्या परेपछि सहयोगी हात जुटेको छ।
 |  शनिबार, चैत १५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १५, २०७६

जनकपुरधाम- कोरोना संक्रमण रोकथाम गर्न सरकारले लागु गरेको ‘लकडाउन’ मा दैनिक मजदुरी गरेर जीवनयापन गर्नेहरु समस्या परेपछि सहयोगी हात जुटेको छ।

गरिब तथा विपन्न परिवारलाई सहयोग गर्न जनकपुरका विभिन्न संघसंस्था अघि सरेका छन्। यसै क्रममा जनकपुरधाम उपमहानगरपालिका–११ का विपन्न परिवारलाई जनकपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जितेन्द्रप्रसाद साहले खाद्यान्न सहयोग गरेका छन्।

साहको पहलमा जनकपुरस्थित गणेश इँटा उद्योगले गरिब तथा विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको हो।  ‘लकडाउन’ का कारण दैनिक ज्यालादारी गरेर जीवनयापन गरिरहेका विपन्न समुदाय  समस्यामा परेपछि खाद्यान्न सहयोग गरिएको साहले बताए।

उनीहरुलाई चामल, दाल, आलु, प्याज सहयोग गरिएको गणेश इँटा उद्योगका सञ्चालक जिवछ साहले बताए । ‘लकडाउन’ पछि कामधन्धा ठप्प हुँदा उनीहरु समस्यामा परेको थाहा पाएपछि केही भएपनि सहयोग गरिएको उनले बताए ।

प्रकाशित: Mar 28, 2020| 12:56 शनिबार, चैत १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।