बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना कोषमा निजामती युनियन (संघ)को साढे दुई लाख सहयोग

कोरोना कोषमा निजामती युनियन (संघ)को साढे दुई लाख सहयोग

कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथाम तथा उपचारका लागि सरकारले स्थापना गरेको कोषमा नेपाल निजामती कर्मचारी युनियन (संघ) ले सहयोग गरेको छ।
 |  शनिबार, चैत १५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १५, २०७६

काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथाम तथा उपचारका लागि सरकारले स्थापना गरेको कोषमा नेपाल निजामती कर्मचारी युनियन (संघ) ले सहयोग गरेको छ।

संघले शनिबार एक विज्ञप्ति जारी गर्दै सरकारले तयार गरेको कोषमा रु. २ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको हो।

नेपाली कांग्रेस निकट निजामती कर्मचारीहरुको उक्त ट्रेड युनियन संघले विज्ञप्ति जारी गर्दै आफूहरु राज्यलाई आवश्यक परेको खण्डमा जस्तोसुकै सहयोग गर्न तयार रहेकोसमेत जनाएको छ।

विश्वव्यापी महामारीका रुपमा रहेको कोरोना भाइरस संक्रमणको जोखिमका लागि सरकारले चालेका हरेक कदममा आफूहरु साथमा रहेको प्रकाशित विज्ञप्तिमा जनाइएको छ।

राष्ट्रिय वाणिज्य बैंकमा रहेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा विभिन्न संघ संस्था, राजनीतिक दल एवम् व्यक्तिहरुबाट सहयोग रकम जम्मा हुने क्रम जारी रहेको छ।

शुक्रबारसम्म उक्त कोषमा १५ करोड भन्दा बढी रकम जम्मा भइसकेको छ। शनिबार पनि थुप्रै संघ संस्थाले सहयोग गरेका छन्।

प्रकाशित: Mar 28, 2020| 12:51 शनिबार, चैत १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।