बिहीबार, भदौ ४, २०८३

धरानमा कोरोना भाइरस परीक्षण सुरु

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबारदेखि कोरोना भाइरसको नमुना परीक्षण सुरु गरिएको छ।
 |  शनिबार, चैत १५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १५, २०७६

काठमाडौं- धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबारदेखि कोरोना भाइरसको नमुना परीक्षण सुरु गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार केही दिनअघि नै परीक्षण सुरु गर्ने तयारी भए पनि प्राविधिक कारणले ढिलाइ भएको हो।

यसअघि सहिद शुक्रराज टपिकल अस्पताल टेकुमा मात्रै कोरोना भाइरस परीक्षण हुँदै आएको थियो। प्रवक्ता देवकोटाका अनुसार अब विभिन्न प्रदेशमा कोरोना परीक्षणको व्यवस्था गरिने विषयमा छलफल जारी छ।

कोरोना भाइरसबारे नागरिकलाई जानकारी गराउन सरकारले आजदेखि कल सेन्टरमा अर्को नम्बर थप गरेको छ।

थप गरिएको कल सेन्टरको नम्बर ११३३ हो। इपिडिमियोलोजी शाखामा १११५ नम्बरको कल सेन्टर सञ्चालन हुँदै आएको छ। यसअघि सञ्चालन गरिएको नम्बरमा दैनिक ६ हजारभन्दा बढी गुनासा तथा जनाकारी आउने गरेको थियो। कल सेन्टर २४ सै घण्टा सञ्चालन हुनेछ।

प्रकाशित: Mar 28, 2020| 12:36 शनिबार, चैत १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।