बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सर्वदलीय राजनीतिक संयन्त्र र विज्ञ समिति गठन गर्न साझा पार्टीको सुझाव

सर्वदलीय राजनीतिक संयन्त्र र विज्ञ समिति गठन गर्न साझा पार्टीको सुझाव

 |  शनिबार, चैत १५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १५, २०७६

काठमाडौं– साझा पार्टीले उच्चस्तरीय सर्वदलीय राजनीतिक संयन्त्र र विज्ञ समिति गठन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ।

सुझावसहितको पत्र आज उपप्रधानमन्त्री ईश्वर पोखरेललाई साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र प्रवक्ता डा. सूर्यराज आचार्यले हस्तान्तरण गरेका हुन्।

साझाले अहिलेको संकटपूर्ण अवस्थामा सरकारको नियमित र घनिभूत क्रियाशिलताका साथै राष्ट्रिय सहमति प्रतिबिम्बित हुने राजनीतिक तहको एकबद्धतापूर्ण निर्णय जरूरी रहेको जनाएको छ।

त्यसको लागि सम्भव भएसम्म प्रधानमन्त्रीकै नेतृत्वमा नभए उपप्रधानमन्त्री ईश्वर पोखरलेको नेतृत्वमा प्रमुख दलका नेताहरू रहने गरी उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण गर्नु अत्यावश्यक देखिएको साझाको बुझाइ छ।

आम जनताम राज्य र राजनीतिप्रतिको विश्वसनीयता कायम राख्नसमेत संयन्त्रले सघाउ पु¥याउने साझाको विश्वास छ।

त्यसैगरी, साझा पार्टीले अहिलेको संकटले पार्ने तात्कालीन र दीर्घकालीन असरहरूसँग जुध्नका लागि सरकारलाई आवश्यक विश्लेषण, सुझाव र समीक्षाका लागि उच्चस्तरीय विज्ञ समिति निर्माण गर्न उपयुक्त हुने बताएको छ।

समितिमा प्रशासन र स्वास्थ्य सेवाका अधिकारीहरूलगायत देशभित्र र बाहिर रहेका नेपाली र आवश्यक परेको खण्डमा विदेशी विज्ञहरूलाई पनि सामेल गर्न सकिने साझा पार्टीले जनाएको छ।

संकटसँग जुध्न सरकारले आफ्नो कार्यशैलीमा अभूतपूर्व संरचनागत फेरबदल गर्न जरुरी रहेको पनि साझाको सुझाव छ।

 

प्रकाशित: Mar 28, 2020| 12:37 शनिबार, चैत १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।