बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश २ का मुख्यमन्त्री राउतलाई कांग्रेसको यस्तो सुझाव

प्रदेश २ का मुख्यमन्त्री राउतलाई कांग्रेसको यस्तो सुझाव

प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना संक्रमणको संकट रोकथाम गर्न प्रदेश सरकारसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताएको छ।
 |  शनिबार, चैत १५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १५, २०७६

जनकपुरधाम- प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना संक्रमणको संकट रोकथाम गर्न प्रदेश सरकारसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताएको छ।

साथै उसले अहिले देखिएका केही समस्याहरु समाधान गर्न प्रदेश सरकारलाई सुझावसमेत दिएको छ।

कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री महेन्द्र यादवले ‘लकडाउन’ को बाध्यात्मक अवस्थामा आम नागरिकलाई दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिनुका साथै प्रदेशभित्रै कोरोना जाँचको तत्काल व्यवस्था गर्न प्रदेश सरकारलाई सुझाव दिएका छन्।

केन्द्रीय सदस्य यादवले मुख्यमन्त्री लालबाबु राउतसँग कुराकानी गरेर यस्तो सुझाव दिएका हुन्। यादवले अहिलको बिषम् परिस्थितिको सामना गर्न सरकारसँग सहकार्य गर्न तयार रहेको भन्दै आम नागरिकको सुविधातर्फ ध्यान दिन मुख्यमन्त्री राउतलाई आग्रह गरेको बताए।

प्रदेशभित्र कोरोना जाँचको सुविधा नरहेको भन्दै नेता यादवले आफ्नै ल्याब बनाउन प्रदेश सरकारलाई सुझाएका छन्। ‘विकास निर्माण कार्य पछि पनि गर्न सकिन्छ, अहिले नागरिकको ज्यान जोगाउन जरुरी छ,’ यादवले मुख्यमन्त्री राउतलाई भने, ‘प्रदेश सरकारसँग आफ्नै पैसा छ, कोरोना जाँचको लागि ल्याब बनाउनुस्।’

यसैगरी नेता यादवले औषधिलगायत अत्यावश्यक सामग्रीको सहज आपूर्तिमा छिमेकी भारतको विहार राज्यसँग कुराकानी गर्न समेत मुख्यमन्त्री राउतलाई सुझाव दिएका छन्।

दुबै मुलुकमा जारी ‘लकडाउन’ पछि औषधिलगायत आत्यावश्यक सामग्रीको आयात प्रभावित हुँदा आमनागरिककले समस्या भोग्नुपर्ने अवस्था सिर्जना हुन नदिन यादवले विहारका मुख्यमन्त्री नितिश कुमारसँग छलफल गर्न मुख्यमन्त्री राउतलाई सुझाव दिएको बताएका छन्।

मुख्यमन्त्री राउतले अब बस्ने मन्त्रिपरिषद् बैठकमा यी कुराहरु राख्ने आश्वासन दिएको नेता यादवले बताए।

प्रकाशित: Mar 28, 2020| 12:34 शनिबार, चैत १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।