बिहीबार, भदौ ४, २०८३

युएईमा दुई नेपालीलाई कोरोना संक्रमण

संयुक्त अरब इमिरेट्स (युएई) मा दुई नेपालीलाई कोरोना भाइरस (कोभिड–१९) काे संक्रमण पुष्टि भएको छ।
 |  शनिबार, चैत १५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १५, २०७६

एजेन्सी- संयुक्त अरब इमिरेट्स (युएई) मा दुई नेपालीलाई कोरोना भाइरस (कोभिड–१९) काे संक्रमण पुष्टि भएको छ।

त्यहाँको स्वास्थ्य तथा रोग निवारण मन्त्रालयले दिएको जानकारीअनुसार शनिबार थप ७२ जना संक्रमित भेटिएकोमा दुईजना नेपाली रहेका छन्।

संक्रमित नेपालीहरुको परिचय खुलाइएको छैन। अधिकारीहरुका अनुसार केही दिनयता युएई प्रवेश गरेकाहरुको चेकजाँचका क्रममा दुईजना नेपालीमा पनि कोरोना पुष्टि भएको हो।

कोरोना संक्रमण पुष्टि भएका सबैलाई क्वारेन्टाइनमा राखिएको मन्त्रालयले जनाएको छ।

शनिबार कोरोना पुष्टि भएकामा २३ जना भारतीय रहेका छन्। त्यस्तै ४ जना युएईका, ५ जना बेलायती, ५ पाकिस्तानी, पाँच लेबनानी र आठजना बंगलादेशी रहेका छन्। त्यस्तै इथियोपियाका २ जना रहेका छन्।

त्यसैगरी चीन, श्रीलंका, जोर्डन, प्यालेस्टाइन, सिरिया, इरान, कोमोरोस, साउदी अरेबिया, कीर्गिस्तान, बोस्निया एण्ड हर्जगोभिना, सर्बिया, ग्रिस, उरुग्वे, रोमानिया, स्वीडेन, दक्षिण अफ्रिका, इराक र यमनका एक–एक जना रहेका छन्।

संक्रमण पुष्टि भएका सबै ७२ जनाको स्वास्थ्य सामान्य रहेको मन्त्रालयले जनाएको छ। उनीहरुलाई प्रारम्भिक उपचारको प्रबन्ध गरिएको गल्फ न्युजले जनाएको छ।

यो सँगै युएईमा संक्रमितको संख्या ४ सय ५ पुगेको छ। कोरोना संक्रमणबाट युएईमा दुई जनाको मृत्यु भइसकेको छ।

प्रकाशित: Mar 28, 2020| 12:25 शनिबार, चैत १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।