बिहीबार, भदौ ४, २०८३

स्वास्थ्य सामग्री भोलिसम्म आइपुग्ने

कोरोना भाइरस परीक्षणका लागि आवश्यक स्वास्थ्य सम्बन्धी सामग्री भोलि नेपाल आइपुग्ने भएको छ।
 |  शनिबार, चैत १५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १५, २०७६

काठमाडौं- कोरोना भाइरस परीक्षणका लागि आवश्यक स्वास्थ्य सम्बन्धी सामग्री भोलि नेपाल आइपुग्ने भएको छ।

उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण, परीक्षण किट, पिपिई (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) लगायतका आवश्यक सामग्री भोलि (आइतबार) सम्म चीनबाट नेपाल आइपुग्ने जानकारी दिएका हुन्।

उक्त स्वास्थ्य उपकरणहरु र सामग्रीहरु सातै प्रदेशहरुमा यथाशीघ्र वितरण गरिने उनले बताए।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहीबार बुझाएको १६ बुँदे ज्ञापन पत्रको जवाफ दिँदै उपप्रधानमन्त्री पोखरेलले उक्त जानकारी दिएका हुन्।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडका अनुसार सरकारले कांग्रेसको सुझावलाई मनन गरेको छ।

कांग्रेसले भनेबमोजिम सरकारले शीघ्र रुपमा काम अगाडि बढाएको खाँडले दाबी गरे।

प्रकाशित: Mar 28, 2020| 11:27 शनिबार, चैत १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।