बिहीबार, भदौ ४, २०८३

जसले आफूलाई संक्रमण भएको मिडियाबाट थाहा पाए

नेपालमा कोरोना भाइरसको संक्रमण पुष्टि भएका धनगढीका एक युवकले आफूलाई कोरोना पुष्टि भएको रिपोर्ट मिडियाबाट जानकारी पाएको बताएका छन् ।
 |  शनिबार, चैत १५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १५, २०७६

नेपालमा कोरोना भाइरसको संक्रमण पुष्टि भएका धनगढीका एक युवकले आफूलाई कोरोना पुष्टि भएको रिपोर्ट मिडियाबाट जानकारी पाएको बताएका छन् ।

ती युवकमा कोरोना पुष्टि भएको शुक्रबार बेलुका स्वास्थ्य मन्त्रालयले जनाएको थियो । मन्त्रालयले सार्वजनिक गरेपछिमात्र मिडियाबाट आफूलाई संक्रमण भएको थाहा पाएको उनले बताएका छन्।

धनगढीका पत्रकार नवराज धानुकसँग आज (शनिबार) बिहान फेसबुक लाइभमा टेलिफोनमार्फत् कुरा गरेका उनले अस्पताल र चिकित्सकले आफूलाई वास्ता नगरेको गुनासो गरेका छन्। उनले आफूलाई गाह्रो नभएको पनि बताएका छन्।

संक्रमित युवा र अर्का एक जना साथी २० मार्च (७ चैत)का दिन बिहान साढे ४ बजेको फ्लाइटमा दुबईबाट इमिरेटस एयरलाइन्सको विमानबाट भारतको दिल्लीका लागि उडेका थिए । दिल्लीमा करिब ६ घण्टा ट्रान्जिट थियो । दिउँसो तीन बजेतिर दिल्लीबाट भिस्तारा एयरलाइसको उडानबाट काठमाडौँका लागि उडेका उनीहरु अपरान्ह साढे चार बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए ।

काठमाडौं ओर्लिसकेपछि ती युवाले भाइ (मामाको छोरा) लाई बोलाए र लगेज मामाको घरमा राखेर बसको टिकट लिन बसपार्क पुुगे । तर टिकट नपाएपछि त्यस दिन मामाघरमै बसे। गाडी नपाएपछि प्लेनबाट नेपालगञ्ज पुगे । एयरपोर्टसम्म भाइले छोडिदिएका थिए । २१ तारिख अर्थात् ८ चैत शनिबार दिउँसो १२ बजे बुद्ध एयरबाट उनी नेपालगञ्ज पुगेका थिए ।

नेपालगञ्ज ओर्लिएपछि एयरपोर्टबाट अटो रिजर्भ गरेर कोहलपुरसम्म पुगी त्यहाँबाट हाइसमा धनगढी पुगेको उनले बताएका छन्। घरमा पुगेपछि परिवारका सदस्यबाहेक अरु कसैसँग नभेटेको उनले बताएका छन्।

प्रकाशित: Mar 28, 2020| 09:17 शनिबार, चैत १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।