बिहीबार, भदौ ४, २०८३

रौतहटमा १७ वर्षीया किशोरी छिमेकीबाट बलात्कृत

रौतहटमा १७ वर्षीया किशोरी छिमेकीबाटै बलात्कृत भएकी छन्।
 |  शनिबार, चैत १५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १५, २०७६

रौतहट– जिल्लामा १७ वर्षीया किशोरी छिमेकीबाटै बलात्कृत भएकी छन्।

जिल्लाको कटहरिया नगरपालिका–७ की एक किशोरीलाई स्थानीय २८ वर्षीय भाग्यनारायण साहले बलात्कार गरेको प्रहरीमा जाहेरी परेको छ।

इलाका प्रहरी कार्यालय, गरुडाका प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतोले किशोरीको घरमा कोही नभएको मौका छोपी आफ्नो घरमा बोलाएर बलात्कार गरेको जाहेरीमा उल्लेख गरेको बताए।

साहले घरभित्र पसेपछि भित्रबाट ढोका बन्द गरी युवतीमाथि बलात्कार गर्दै भिडियो बनाएको खुलेको छ। साहले घटनाबारे कसैलाई बताएपछि सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरिदिने धम्की दिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटना चैत ७ गतेको हो। किशोरीले ढिलोगरी घटनाबारे बताएपछि आफन्तले ११ गते मात्र प्रहरीमा जाहेरी दिएका हुन्। साह फरार रहेको र किशोरीको स्वास्थ्य परीक्षण गरेर जबरजस्ती करणीको मुद्दा दर्ता गरेको डीएसपी महतोले जानकारी दिए।

प्रकाशित: Mar 28, 2020| 08:28 शनिबार, चैत १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।