बिहीबार, भदौ ४, २०८३

सुर्खेतमा ‘लकडाउन’ अवज्ञा गर्ने दुई पास्टर पक्राउ

सुर्खेतमा ‘लकडाउन’को अवज्ञा गर्दै चर्चमा भजनकिर्तन र प्रार्थना गराउने दुई पास्टर पक्राउ परेका छन्।
 |  शनिबार, चैत १५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १५, २०७६

सुर्खेत– जिल्लामा ‘लकडाउन’को अवज्ञा गर्दै चर्चमा भजनकिर्तन र प्रार्थना गराउने दुई पास्टर पक्राउ परेका छन्।

पक्राउ पर्नेमा वीरेन्द्रनगर–८, स्थित कालुन्चौक चर्चका पास्टर मोहन गुरुङ र वीरेन्द्रनगर–११, नेवारेको ख्रिष्ट मण्डलीका पास्टर प्रेम बिक रहेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतले जनाएकाे छ।  

कार्यालयका प्रहरी निरीक्षक गोपाल रायमाझीका अनुसार दुवै पास्टर चर्चमा ३०/३५ जनालाई जम्मा गरेर संगती गरिरहेको अवस्थामा शनिबार दिउँसो १२ बजे पक्राउ परेका हुन्।

चर्चमा प्रार्थना, भजन र सत्कर्म गरिरहेको भन्ने विशेष सूचनाका आधारमा उनीहरूलाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलन नदिन सरकारले मंगलबारदेखि देशभर साताव्यापी ‘लकडाउन’ गरेकाे हाे। ‘लकडाउन’ मा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन भनिएकाे छ। 

प्रकाशित: Mar 28, 2020| 08:17 शनिबार, चैत १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।