बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ट्राफिक प्रहरीलाई आफैले उत्पादन गरेको मास्क र सेनिटाइजर

ट्राफिक प्रहरीलाई आफैले उत्पादन गरेको मास्क र सेनिटाइजर

महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्राविधिकहरूको सहयोगमा आफैं सेनिटाइजर उत्पादन गरी ट्राफिक प्रहरीहरूलाई वितरण गरेको छ।
 |  शनिबार, चैत १५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १५, २०७६

काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्राविधिकहरूको सहयोगमा आफैं सेनिटाइजर उत्पादन गरी ट्राफिक प्रहरीहरूलाई वितरण गरेको छ।

कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै ड्युटीमा खटिएका ट्राफिक प्रहरीहरूलाई महाशाखाका प्रमुख भीमप्रसाद ढकाल आफैं फिल्डमा गई मास्क र सेनिटाइजर वितरण गरिरहेका छन्।

बजारमा सेनिटाइजर अभाव देखिएपछि विश्व स्वास्थ्य संगठनले तोकेको निर्देशिकाअनुसार सेनिटाइजर तयार पारिएको ढकालले जानकारी दिए।

“कोरोनाको उच्च जोखिम मोलेर फ्रन्टलाइनमा दैनिक खट्टिनुपर्ने ट्राफिक प्रहरीको सुरक्षाको लागि महाशाखाले प्राविधिकहरूको सहयोग लिई आफैं सेनिटाइजर उत्पादन गरेको हो,” ढकालले भने, ‘अहिले ३० लिटर उत्पादन गएिको र आवश्यकताअनुसार थप उत्पादन गरेर वितरण गरिने छ।”

महाशाखाले आफ्ना प्रत्येक ट्राफिक प्रहरीहरूलाई सेनिटाइजरसँगै मास्क पनि वितरण गरेको छ। विषम परिस्थिति ट्राफिक प्रहरी र देशका लागि नौलो प्रयोग भएकाले चाहिने आवश्यक सबै सुरक्षा सामग्रीको पर्याप्त जोहो गर्न महाशाखाले विभिन्न क्षेत्रसँग सहकार्य गरिरहेको जनाएको छ।

प्रकाशित: Mar 28, 2020| 07:52 शनिबार, चैत १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।