बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चीनले दिएको कोरोना परीक्षण किट्स ल्हासा आइपुग्यो, आज राति नेपाल आउने

चीनले दिएको कोरोना परीक्षण किट्स ल्हासा आइपुग्यो, आज राति नेपाल आउने

चीन सरकारले दिने भनेका कोरोना परीक्षण किट्स आज (शनिबार) रातिसम्ममा नेपाल आउने भएको छ ।
 |  शनिबार, चैत १५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १५, २०७६

काठमाडौं- चीन सरकारले दिएको कोरोना परीक्षण किट्स आज (शनिबार) रातिसम्ममा नेपाल आउने भएको छ ।

दुई हजार थान किट्स बोकेर गाडीहरु ल्हासाबाट तातोपानी नाकातर्फ अघि बढेको तातोपानी भन्सार कार्यालयले जनाएको छ । किट्स बोकेका गाडीहरु शुक्रबार ल्हासा आइपुगेको थियो ।

हिजै ९शुक्रबार० तातोपानी नाका हुँदैं नेपाल आउने भनिएतापनि बेइजिङबाट ढिला उडान भएका कारण ती सामाग्री ल्हासा आइपुगेको तातोपानी भन्सार कार्यालय प्रमुख लाल बहादुर खत्रीले जानकारी दिए ।

उनका अनुसार किट्स बोकेका गाडीहरु नेपालतर्फ अघि बढिसकेका छन् । आजै राति वा भोलि (आइतबार) बिहानसम्ममा नेपाल आइपुग्ने छन् ।

ल्हासाबाट खाशाको दुरी लगभग ६ सय ५० किलोमिटर छ भने खाशाबाट तातोपानी भन्सार जम्मा १० किलोमिटर मात्रै छ ।

किट्स उत्पादक कम्पनीका महाप्रबन्धक वाङ गुओपिङले करिब ३६ लाख नेपाली रुपैयाँ बराबरका उक्त सामग्री बुधबार बेइजिङस्थित नेपाली दूतावासलाई हस्तान्तरण गरेका थिए ।

प्रकाशित: Mar 28, 2020| 03:56 शनिबार, चैत १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।