बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रादेशिक अस्पतालको सबै सेवा बन्द, कोरोना जाँचमात्र गरिने

प्रादेशिक अस्पतालको सबै सेवा बन्द, कोरोना जाँचमात्र गरिने

जनकपुरस्थित प्रादेशिक अस्पतालले आकस्मिक तथा अत्यावश्यकबाहेक अन्य सम्पूर्ण सेवा बन्द गरेको छ ।
 |  शनिबार, चैत १५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १५, २०७६

जनकपुरधाम । जनकपुरस्थित प्रादेशिक अस्पतालले आकस्मिक तथा अत्यावश्यकबाहेक अन्य सम्पूर्ण सेवा बन्द गरेको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको निर्देशनअनुसार अस्पतालले आकस्मिक तथा अत्यावश्यकबाहेक अन्य सेवाहरु बन्द गरेको हो ।

विश्वभर फैलिएको कोरोना माहामारी रोकथाम तथा नियन्त्रण गर्न आवश्यक भएको भन्दै अन्य सेवाहरु बन्द गरी अस्पताल त्यतर्फमात्र केन्द्रित हुने जनाइएको छ ।

अस्पतालका प्रमुख डा.नागेन्द्र यादवले कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न अस्पतालको सम्पूर्ण वार्डहरु मर्ज गरी सीमित वार्डमात्र सञ्चालनमा ल्याइएको जनाएका छन् । यसका साथै अस्पतालसँग सम्बन्धित सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मीलगायत, प्रशासनिक कर्मचारीहरुको रिजर्भ पुल निर्माण गरिएको उनले बताएका छन् ।

डा.यादवले अस्पताल मातहतका निकायलाई लेखेको पत्रमा भनिएको छ, ‘जनकपुर नर्सिङ क्याम्पस, पोषण पुनस्र्थापना गृह, एआइटी सेन्टर, सम्पूर्ण वार्ड तथा अन्य सबै तहका चिकित्सक, पारामेडिक्स, प्रशासनिक कर्मचारीलगायत कार्यालय सहायक तथा स्वीपरहरुको रिजर्भ पुल निर्माण गरिएको छ । सोहि पुलबाट फिभर क्लिनिक, इमरजेन्सी आइसोलेसन वार्ड र संभावित कोभिड–१९ आईसीयू सञ्चालन गर्न सबैलाई कामकाज गर्न खटाइएको छ ।’

डा. यादवले आइतबारदेखि सम्पूर्ण कर्मचारीहरुलाई अस्पतालमा अनिवार्य रुपले उपस्थित हुन निर्देशन दिएका छन् ।

प्रकाशित: Mar 28, 2020| 03:00 शनिबार, चैत १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।