शुक्रबार, भदौ ५, २०८३

इटाली र स्पेनमा मात्रै कोरोनाबाट १४ हजारको मृत्यु

तीन महिनाअघि चीनबाट सुरु भएको कोरोना भाइरस अहिले २ सयभन्दा बढी देशमा फैलिएको छ। यो भाइरस अहिले दुई युरोपेली मुलुक इटाली र स्पेन तथा अमेरिकामा सक्रिय छ।
 |  शनिबार, चैत १५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १५, २०७६

तीन महिनाअघि चीनबाट सुरु भएको कोरोना भाइरस अहिले २ सयभन्दा बढी देशमा फैलिएको छ। यो भाइरस अहिले दुई युरोपेली मुलुक इटाली र स्पेन तथा अमेरिकामा सक्रिय छ।

२४ घण्टामा नै इटालीमा ९१९ जना र स्पेनमा ७६९ जनाको ज्यान गएको छ। यो संख्या हिजो शुक्रबारको हो। योसँगै कोरोनाबाट मर्नेको संख्या इटालीमा ९ हजार १ सय ३४ पुगेको छ। पूरा इटाली बन्द छ, मानिसहरु आफ्नो घरमा कैद छन्। तैपनि त्यहाँ संक्रमण रोकिएको छैन। त्यहाँ कोरोना संक्रमितको कुल संख्या ८६ हजार ५ सय छ।

युरोपमा इटालपछि स्पेन सबैभन्दा पीडित छ। त्यहाँ ६४ हजार ५९ जना संक्रमित छन्। त्यहाँ हिजो शुक्रबार एकैदिन ७ सय ६९ जनाको ज्यान गयो। त्यहाँ अहिलेसम्म ४ हजार ८ सय ५८ जनाको ज्यान गइसकेको छ। त्यहाँ १२ अप्रिलसम्मका लागि आपतकाल र लकडाउन घोषणा गरिएको छ।

शुक्रबार फ्रान्समा पनि २९९ जनाको ज्यान गएको छ। त्यहाँ मर्नेको कुल संख्या १९ सय ९५ पुगेको छ। फ्रान्समा १५ अप्रिलसम्म लकडाउन घोषणा गरिएको छ।

बीबीसी

 

प्रकाशित: Mar 28, 2020| 02:30 शनिबार, चैत १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।