बिहीबार, भदौ ४, २०८३

कोरोना फैलियो भन्दै हिँड्ने झापामा पक्राउ

कोरोना भाइसरको सङ्क्रमण देखियो भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउने एक व्यक्ति शुक्रबार साँझ झापाको दमकबाट पक्राउ परेका छन् ।
 |  शनिबार, चैत १५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १५, २०७६

कोरोना भाइसरको सङ्क्रमण देखियो भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउने एक व्यक्ति शुक्रबार साँझ झापाको दमकबाट पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजय पण्डितका अनुसार दमक–१ निवासी ३५ वर्षीय कुमार राईलाई पक्राउ गरिएको हो ।

सङ्क्रमणबाट बच्न झापामा ३४१ क्वारेन्टाइन निर्माण गरिएको छ, जसमध्ये सबैभन्दा धेरै क्वारेन्टाइन विर्तामोड नगरपालिकाले निर्माण गरेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

सो नगरपालिकाले मेची आँखा अस्पताल र कञ्चनजङ्घा हेल्थ इन्स्टिच्युट एण्ड नर्सिङ कलेजमा ९० श्ययाको क्वारेन्टाइन निर्माण गरेको प्रमुख ध्रुवकुमार शिवाकोटीले बताए। भारतलगायत तेस्रो देशबाट आएका १७ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ ।

मेची नगरपालिकामा ७० श्ययाको क्वारेन्टाइन निर्माण गरिएको छ । नगरका विभिन्न ठाउँमा बनाइएका क्वारेन्टाइनमा भारतलगायत तेस्रो देशबाट आएका मानिसलाई राखिएको छ । मेचीनगरपालिकामा अहिले २४ क्वारेन्टाइनमा रहेका छन् भने १०२ जना होम क्वारेन्टाइनमा छन् ।

रासस

प्रकाशित: Mar 28, 2020| 02:07 शनिबार, चैत १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।