बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अष्ट्रेलियामा अध्ययनरत विद्यार्थी बन्दिताले गरिन् कोरोना राहत कोषमा १ लाख ११ हजार सहयोग

अष्ट्रेलियामा अध्ययनरत विद्यार्थी बन्दिताले गरिन् कोरोना राहत कोषमा १ लाख ११ हजार सहयोग

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण राहत कोषमा अष्ट्रेलियामा अध्ययनरत बन्दिता काफ्लेले एक लाख ११ हजार रुपैयाँ सहयोग गरेकी छन् ।
 |  शुक्रबार, चैत १४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १४, २०७६

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण राहत कोषमा अष्ट्रेलियामा अध्ययनरत बन्दिता काफ्लेले एक लाख ११ हजार रुपैयाँ सहयोग गरेकी छन् । काफ्लेको सहयोगले विदेशमा रहेका अन्य नेपालीलाई राहत कोषमा सहयोग गर्न उत्प्रेरणा प्रदान गर्ने नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले बताए ।

यसैगरी राहत कोषमा नगरका प्रमुखले २१ हजार, उपप्रमुखले १५ हजार र वडाध्यक्षहरुले १० हजारको दरले रकम जम्मा गरेको नगरका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनिले बताए ।

सिद्धार्थनगरमा १३ वटा वडा रहेका छन् । सिद्धार्थनगरको बिहीबारको नगर कार्यपालिका बैठकले कोरोना भाइरस नियन्त्रण राहत कोष स्थापना गरेको थियो । उक्त कोषमा नगरले ११ लाख ५१ हजार जम्मा गरेको छ।

प्रकाशित: Mar 27, 2020| 16:40 शुक्रबार, चैत १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।