बिहीबार, भदौ ४, २०८३

भारतमा अलपत्र १४ नेपाली तीर्थयात्रीको उद्धार

भारतको चेन्नईमा अलपत्र १४ नेपाली तीर्थयात्रीको उद्धार गरिएको छ ।
 |  शुक्रबार, चैत १४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १४, २०७६

भारतको चेन्नईमा अलपत्र १४ नेपाली तीर्थयात्रीको उद्धार गरिएको छ । कोभिड–१९ को सङ्क्रमणका कारण भारतको चेन्नईस्थित नोलाम्बोमा अलपत्र उनीहरुको उद्धार गरिएको हो ।
ग्रेटर चेन्नई कर्पोरेशनका कमिशनर जी प्रकाश, निःशब्द सेवा चेन्नईका संस्थापक ई ए विश्वोनथन, डा नेहा मयुर, फुड बैंक भारतका संस्थापक स्नेहा मोहान्डोसलगायतसँगको सहयोग र सहकार्यमा उनीहरुको उद्धार गरिएको अन्तर्राष्ट्रिय युवा केन्द्र नेपालका अध्यक्ष राजकुमार कट्टेलले जानकारी दिए।

‘भारतमा रहने मेरा मित्रहरुको सहयोगमा उहाँहरुको उद्धार गरेका छौँ,’ उनले भने, ‘अहिले उहाँहरुको स्वास्थ्य परीक्षणपछि चेन्नई सरकारले सुरक्षित स्थानमा खान र बस्ने व्यवस्था गरिदिएको छ ।’ नेपाल र भारत दुवै देशमा लकडाउन गरिएकाले खुलेपछि उनीहरुलाई नेपाल ल्याइने अध्यक्ष कट्टेलले बताए।

उद्धार गरिएकामध्ये झापाका आठ तथा मोरङ र पाँचथरका तीनतीन जना छन् । उनीहरुमा कनकाई–१ का ६३ वर्षीय दीनानाथ अधिकारी, ६१ वर्षीया उमादेवी अधिकारी, ३० वर्षीय राजन अधिकारी, ७१ वर्षीय पर्वलाल अधिकारी, ६५ वर्षीया पुण्यप्रभा अधिकारी र ६६ वर्षीया डम्बरकुमारी लुइँटेल रहेको अध्यक्ष कट्टेलले जानकारी दिए।

त्यस्तै झापा मेचीनगर–१० का ६५ वर्षीय मोहनीविशाल लुइँटेल र ५९ वर्षीया गङ्गादेवी लुइँटेल छन् । यस्तै मोरङ रतुवामाई–६ का ७९ वर्षीय नेत्रप्रसाद पोखरेल, ६४ वर्षीया देवीमाया पोखरेल र ३८ वर्षीय गोविन्द पोखरेल छन् ।

यस्तै पाँचथर फाप्लेजुङ–१ का ७३ वर्षीय मुक्तिनाथ खतिवडा, ४० वर्षीय भेषराज खतिवडा र ७६ वर्षीया सावित्रादेवी रिजालको उद्धार गरिएको अध्यक्ष कट्टेलले बताए। उनीहरु गत फागुन २१ गते तीर्थयात्राका लागि भारत गएका थिए ।

रासस

प्रकाशित: Mar 27, 2020| 16:15 शुक्रबार, चैत १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।