बिहीबार, भदौ ४, २०८३

लकडाउन थपिए वीरेन्द्रनगले दिनेछ खाद्यान्न

कोरोनाको त्रासका कारण नेपालमा थप ‘लकडाउन’ भए वीरेन्द्रनगर नगरपालिकाले राहत दिने जनाएको छ ।
 |  शुक्रबार, चैत १४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १४, २०७६

सुर्खेत । कोरोनाको त्रासका कारण नेपालमा थप ‘लकडाउन’ भए वीरेन्द्रनगर नगरपालिकाले राहत दिने जनाएको छ । शुक्रबार कार्यवाहक नगर प्रमुख मोहनमाया ढकालको अध्यक्षतामा बसेको बैठकले १८ गतेपछि पनि लकडाउन भए विपन्न परिवारलाई राहत दिने निर्णय गरेको हो ।

‘लकडाउन थप भए प्रत्येक वडामा गरिब परिवार पहिचान गरी राहत दिनेछौँ,’ ढकालले भनिन्, ‘दैनिक परिश्रम गरी छाक टार्नुपर्ने परिवारलाई दैनिक उपभोग्य वस्तु (दाल, चामल, तेल र नुन) दिनेछौँ ।’

राहत उपलब्ध गराउन नगरपालिकाले प्रत्येक वडामा पाँच लाख रकम उपलब्ध गराउने छ । वीरेन्द्रनगर कोरोनाको उच्च जोखिममा रहेको निष्कर्ष निकाल्दै वीरेन्द्रनगरले अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन नगरवासीलाई अनुरोध गरेको छ ।

साथै नगरपालिकाले न्यूनतम खाद्य सामग्री खरिद गर्न घर बाहिर जान नसक्ने अवस्था आएको खण्डमा हरेक वडामा आवश्यक व्यवस्था मिलाउने जनाएको छ ।

प्रकाशित: Mar 27, 2020| 12:53 शुक्रबार, चैत १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।