बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • इस्लाम धर्मावलम्बीलाई घरमै बसेर प्रार्थना गर्न आह्वान

इस्लाम धर्मावलम्बीलाई घरमै बसेर प्रार्थना गर्न आह्वान

इस्लाम धर्मालवम्बीहरूको प्रतिष्ठित संस्था जमैत उलेमा–ए–हिन्दले मुसलमान धर्मावलम्बीलाई घरमै बसेर प्रार्थना गर्न आह्वान गरेको छ।
 |  शुक्रबार, चैत १४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १४, २०७६

नयाँदिल्ली - इस्लाम धर्मावलम्बीहरूको प्रतिष्ठित संस्था जमैत उलेमा–ए–हिन्दले मुसलमान धर्मावलम्बीलाई घरमै बसेर प्रार्थना गर्न आह्वान गरेको छ।

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण थप फैलिन नदिनका लागि यस्तो आह्वान गरेको हो।

मुसलमानहरु हरेक साता शुक्रबार मस्जिदमा जम्मा भएर प्रार्थना गर्ने परम्परा छ । उनीहरूलाई कोरोना सङ्क्रमणको खतरा धेरै रहेको भन्दै चिन्ता व्यक्त हुँदै आएको थियो।

जमैतका अध्यक्ष मौलाना अर्शद मदानीले आफ्नै घरमा बसेर प्रार्थना गर्न समस्त इस्लाम धर्मावलम्बीहरुलाई आग्रह गरेका हुन्। उनले भने, “मस्जिदमा भेला भएर प्रार्थना गर्नुको सट्टा घरमै बसेर प्रार्थना गर्न आग्रह गर्दछु।”

इस्लाम धर्मावलम्बीले हरेक दिन पाँच पटक प्रार्थना गर्छन्। “सबै मान्छेले भेला हुने कार्यलाई अस्वीकार गर्नुपर्दछ, मानव जीवन रक्षाका लागि यो अत्यावश्यक छ” उनेले भने।

सरकारी निकायहरुको आग्रह र निर्देशनका आधारमा यस्तो आग्रह गरिएको अध्यक्ष मदानीले बताए।

एजेन्सी

प्रकाशित: Mar 27, 2020| 12:50 शुक्रबार, चैत १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।